५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

फाइल तस्बिर

कोशी प्रदेशको  ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आज बस्ने प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार आज प्रदेशसभामा प्रदेश प्रमुख खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहंदा प्रतिपक्षी दलहरूले भने अल्पमतको सरकारले नीति तथा कार्यक्रम ल्याउनुको साटो नयाँ सरकार निर्माणका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नै आग्रह गर्दै आएका छन्। प्रदेशसभा बैठक आज दिउँसो १ बजेलाई बोलाइएको भए पनि यो समाचार तयार पार्दासम्म बैठक सुरू भएको छैन।  

प्रकाशित: ३१ जेष्ठ २०८० ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App