२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ।

प्रतिनिधिसभामा सोमबारदेखि बजेटमाथिको छलफल सुरु भएको हो। छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन्। तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन्। साेमबार पनि करको दर हेरफेरमा चलखेल भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दलहरूले विराेध जनाउने बताएपछि लामाे छलफल गरेर मात्र बैठक संचालन भएकाे थियाे।

प्रकाशित: २४ जेष्ठ २०८० ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App