१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय,आजै मन्त्रीहरू फिर्ता बोलाउने

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

मंगलबार विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकको निर्देशन अनुसार प्रदेश संसदीय दलको बैठकले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार मंगलबार नै सरकारबाट मन्त्रीहरू पनि फिर्ता बोलाउने निर्णय भएको छ।  

संसदीय दलको बैठकले गरेको निर्णय मंगलबार बस्ने प्रदेशसभा बैठकमा जानकारी गराइले उप्रेतिले बताए। यसअघि सोमबार बसेको माओवादी केन्द्र संसखदीय दलको बैठकले माओवादीको नेतृत्वमा सरका गठनका लागि पहल गर्न संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको नेतृत्वमा समिति गठन गरेको थियो। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।  

प्रकाशित: २३ जेष्ठ २०८० ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App