४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना छैन: ज्ञानेन्द्रबहादुर कार्की

फाइल तस्बिर

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना नरहेको बताएका छन्।

सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले काँग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताएका हुन्। उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए। प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने पनि उनको भनाइ छ। उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए।

उनले भने, ‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहने छ। एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु। यो सरकार यही गठबन्धन ५ वर्ष रहने छ। केन्द्रमा पनि रहने छ र प्रदेशमा समेत रहने छ। जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ।’

नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए।  

प्रकाशित: १८ वैशाख २०८० १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App