१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता देखियोः ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्। मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन्। उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए।  

उनले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताए। उनले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए। उनले वर्तमान गठबन्धन सिद्धान्तबिहीन,उद्देश्यबिहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताए।  

उनले भने, ‘मनमोहन अधिकारीका विचार र कामहरुलाई अघि बढाउन जरुरी छ। आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता छ। राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता छ। यो आवश्यक्ता परिपूर्ति गर्नको लागि मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने आवश्यक्ता छ। राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेका छन्, एउटाले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको, देश बनाउने, विकास गर्ने कामको नेतृत्व गर्छ, त्यो नेकपा एमाले हो। अर्को भनेको एउटा सिद्धान्तबिहीन, उद्देश्यबिहीन र लोकतन्त्र मूल्य मान्यताविपरित गठबन्धन खडा गरिएको छ। जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको उल्लेख गरे।

प्रकाशित: १३ वैशाख २०८० ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App