१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बढ्दै मधेसी-पहाडीबीच सद्भाव

उपनिर्वाचन बारा २

क्रमश: रमेश खरेल / पुरुषोत्तम पौडेल/ अरूणकुमार ज्ञवाली

वैशाख १० मा हुने बारा २ को उपनिर्वाचनका कारण मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव बढेको पाइएको छ। ९५ प्रतिशत मधेसी समुदायको बसोबास रहेको बारा २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तापक्षीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, आम जनता पार्टी (आजपा) बाट अरूणकुमार ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेशप्रसाद खरेल उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी हुन्।

मतदाताहरूले मत माग्न जाँदा जसरी जसपाका उपेन्द्र यादव र जनमतका कुशवाहालाई माया र सद्भाव देखाइरहेका छन्, एमालेका पौडेल, आजपाका ज्ञवाली र रास्वपाका खरेलप्रतिको व्यवहार पनि उस्तै छ।

मतदाताहरूले देखाउने माया र सद्भावलाई देखेरै एमालेका पौडेल, आजपाका ज्ञवाली र रास्वपाका खरेलले पनि उपनिर्वाचनमा आफू जित्ने दाबी गरिरहेका छन्। बारा २ को महागढीमाई नगरपालिकाको पत्रहटीनिवासी बिगन यादवले मधेस आन्दोलनपछि पहिलोपटक उम्मेदवारी दिएका पौडेल र खरेललाई मतदाताहरूले माया र सद्भाव राखेर मत दिने आश्वासन समेत दिइरहेको बताए।

वैशाख १० मा हुने बारा २ को उपनिर्वाचनका कारण मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव बढेको पाइएको छ।

२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका अधिवक्ता अरूणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएर सबैलाई चकित पारेको यादवले बताए।

अहिले आजपाबाट उम्मेदवारी दिएका ज्ञवाली बारा २, गन्जभवानीपुर निवासी हुन् भने पौडेल र खरेल सो क्षेत्रभन्दा बाहिरका उम्मेदवार हुन्। २०६३ सालको मधेस आन्दोलनपछि मधेसबाट पहाडी समुदायका व्यक्ति जितेर जाने र विकास गर्ने नारा दिएर मधेसबाट मधेसी समुदायलाई नै प्रतिनिधिसभा सदस्यमा विजयी बनाउने मधेसवादी दलहरूले मधेसी र पहाडी समुदायबीच बिगारेको सद्भाव अन्त्य हुन लागेको यादवले बताए।

अहिले आजपाबाट उम्मेदवारी दिएका ज्ञवाली बारा २, गन्जभवानीपुर निवासी हुन् भने पौडेल र खरेल सो क्षेत्रभन्दा बाहिरका उम्मेदवार हुन्।

मधेस आन्दोलनपछि मधेसबाट निर्वाचित हुने सांसदहरूले मधेसको विकासभन्दा व्यक्तिगत विकास गरेको मधेसी मतदाताले देखेर नै अहिले पहाडी समुदायका उम्मेदवारलाई पनि समान व्यवहार गरेको यादवले बताए।

बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा यादव, कुशवाहा, ज्ञवाली, खरेल र पौडेलबीच देखिएको छ।

मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा २ मा रामसहाय यादवसँग ४४तजष्कचतथाष्खभ मतले कुशवाहा पराजित भएका थिए। कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए भने रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए। लगभग एक लाख ६ हजार मतदाता रहेको बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका, महागढीमाई र पचरौता नगरपालिकाका सबै वडा पर्छन्।

त्यस्तै कोल्हवी नगरपालिका–८ पनि बारा २ मा नै पर्छ। गत स्थानीय तह निर्वाचनमा जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो। कांग्रेसले सुवर्ण गाउँपालिका, महागढीमाई नगरपालिका र एमालेले पचरौता नगरपालिकामा विजय हासिल गरेका थिए।

के भनेर मत माग्दै छन् ज्ञवाली, खरेल र पौडेल?

आजपाका उम्मेदवार ज्ञवाली खेतखेतमा सिँचाइ र युवाहरूलाई निजामती सेवा प्रवेशका लागि लोकसेवा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने भन्दै मत मागिरहेका छन्। आफू वरिष्ठ अधिवक्ता भएर पैसा कमाइसकेको र गाउँघरका जनतालाई सेवा गर्ने उद्देश्यले निर्वाचनमा उम्मेदवार बनेको उनले बताइरहेका छन्।

पटकपटक सांंसद बनेर सत्तामा पुगेर विकास नगरेका व्यक्तिलाई पुनः विजयी बनाउन नहुने ज्ञवालीले बताए। भ्रष्टाचार र भ्रष्टाचारी नेताको पत्तासाफ गर्नकै लागि आफ्नो उम्मेदवारी दर्ता भएको समेत ज्ञवालीले बताए।

आजपाका उम्मेदवार ज्ञवाली खेतखेतमा सिँचाइ र युवाहरूलाई निजामती सेवा प्रवेशका लागि लोकसेवा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने भन्दै मत मागिरहेका छन्।

शासनसत्तामा रहेका दल र नेताहरूको भ्रष्टाचारले गर्दा यस क्षेत्रका जनता विकास निर्माणमा पछि परेको र खेती जग्गामा सिँचाइ गर्न नसक्दा सुक्खापनको समस्या सामना गर्नुपरेकाले अब ती भ्रष्टाचारी दल र नेताहरूका दिन सकिन लागेको ज्ञवालीको भनाइ छ।

सत्तापक्षीय गठबन्धनका उम्मेदवर उपेन्द्र यादव भयभीत भएर आठ–दसवटा दल बोकेर उपनिर्वाचन लड्न बारा आएको उनले बताए।

‘उपेन्द्र यादव एक्लै चुनाव लड्न आउनुभएको छैन, भयभीत भएर ८/१०वटा दल बोकेर आउनुभएको छ, हरेक दलपिच्छे कमान्डर खटाउनुभएको छ, कांग्रेसबाट बालकृष्ण खाँण, लोसपाबाट जितेन्द्र सोनललगायत हुनुहुन्छ,’ ज्ञवालीले भने।

त्यस्तै नेपाल प्रहरीका पूर्वडिआइजी भइसकेका रमेश खरेलले इमानदारीका आधारमा बारा २ का मतदाताले आफूलाई मत दिएर विजयी बनाउने दाबी गरेका छन्। उनी अहिले जनताको घरघरमा पुग्दै इमान र बेइमान छुट्ट्याएर इमानदार र राम्रो मान्छेलाई भोट हाल्न आग्रह गरिरहेका छन्।

‘उपेन्द्र यादव एक्लै चुनाव लड्न आउनुभएको छैन, भयभीत भएर ८/१०वटा दल बोकेर आउनुभएको छ, हरेक दलपिच्छे कमान्डर खटाउनुभएको छ, कांग्रेसबाट बालकृष्ण खाँण, लोसपाबाट जितेन्द्र सोनललगायत हुनुहुन्छ,’ ज्ञवालीले भने।

देशमा ३३ वर्षसम्म शासन सत्ता चलाउनेहरूले यहाँको मतदाता र जनतामाथि अन्याय गरेकाले शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र पछाडि परेको खरेलले बताइरहेका छन्।

त्यसैगरी एमालेका पुरुषोत्तम पौडेल शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ आफ्नो मुख्य चुनावी अजेन्डाका साथ मत माग्दै हिँडेका छन्। २०६४ सालपछिका सांसदहरूले जनताको विकासका लागि काम नगरेकाले मधेस पछाडि परेको उनले बताए।

प्रकाशित: ३ वैशाख २०८० ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App