इलाम– उपराष्ट्रपति नन्दबहादुर मगर ‘चिया बगान अवलोकन गर्न’ जिल्लाको पर्यटकीय क्षेत्र कन्याम आएका छन्। उनी धरानबाट शुक्रबार दिउँसो कन्याम आएका हुन्।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनपछि धरानबाट उपराष्ट्रपति मगर कन्याम आएको उनका प्रेस सल्लाहकार मनोज घर्तीले बताए। उपराष्ट्रपतिले शनिबार कन्याम चिया बगान अवलोकन गर्ने कार्यक्रम छ।
२ दिनपछि झापाको दमकमा आयोजना गरिने स्वर्गिक मार्ग संघको कार्यक्रममा सहभागी हुने उपराष्ट्रपति फुर्सदको समयमा इलाम भ्रमणमा आएको सल्लाहकार घर्तीले बताए। ‘कडा सुरक्षाबीच’ उनी शुक्रबार राति कन्यामकै ‘कन्याम इन’ होटलमा बास बस्नेछन्।
प्रकाशित: १५ पुस २०७३ १२:१६ शुक्रबार