१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले किन रोके अमेरिकी जासुसी संस्था सिआइए प्रमुख बर्न्सलाई?

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आउन लागेका अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुख विलियम्स जोसेफ बर्न्सको भ्रमण रोकेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले फागुन ३ गते नेपाल आउने तालिका पठाएका सिआइए प्रमुख बन्र्सलाई यतिबेला नेपाल भ्रमण गर्ने उपयुक्त समय नभएको भन्दै रोकेका हुन।

‘सिआइए प्रमुख विलियम्स जोसेफ बर्न्स फागुन ३ गते बेलुकी ६:३० बजे काठमाडौं अवतरण हुने र ४ गते दिउँसो १: १५ बजे फर्कने कार्यतालिका पेस गरेका गरेका थिए’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘तर प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सिआइए प्रमुखले भ्रमण गर्ने अवस्था छैन भनेर स्वीकृति नदिन निर्देशन दिएपछि मुख्यसचिव शंकरदास बैरागीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए।’\

प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचन लगायतका कारण देखाएर बन्र्सको भ्रमणमा रोक लगाएको स्रोतको दाबी छ। ‘राष्ट्रपति निर्वाचनको कारण देखाएर रोक लगाइएको हो’, प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने।

स्रोतका अनुसार बर्न्स श्रीलंका हुंदै नेपाल आउन लागेको र त्यसका लागि उनले नेपाल सरकारको स्वीकृतिका लागि भ्रमण तालिका पठाएका थिए। स्रोतका अनुसार अमेरिकास्थित नेपाली राजदूतावास र नेपालस्थित अमेरिकी राजदूतावासले सिआइए प्रमुखको नेपाल भ्रमणको तयारी थालेका थिए। यी निकायले नेपालको सुरक्षा व्यवस्थाबारे बन्र्सलाई जानकारी गराएका थिए।

प्रकाशित: १७ फाल्गुन २०७९ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App