२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सजिलो थिएन ओली–नेपालबीचको भेट, वाम एकता पक्षधरको कसरतमा चार/चार पटक भेटे

नेकपा एमाले विभाजनको पूर्वसन्ध्यादेखि विभाजन भएर यहाँसम्म आइपुग्दासम्म एमाले अध्यक्ष केपीशर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच मौखिक द्धन्द चलिरह्र्यो। यति धेरै घोचपेच र व्यङग्य शायदै कुनै दल र तीनका नेताहरुबीच भएको होला।  

यी दुई नेताले सार्वजनिक कार्यक्रममा एकअर्कालाई घोचपेच र व्यङग्य गरेका कतिपय भाषण र तीनमा प्रयोग गरिएका शब्दहरु सुन्न समेत असजिलो हुने खालका थिए। पार्टी विभाजन ताका र विभाजनपछि यी दुई नेताबीच एकदमै अविश्वास र असहमती प्रष्ट देखिन्थ्यो।

एक आपसमा यतिविध्न अविश्वास भएका ओली र नेपालबीच गत सोमबार पछि नियमित चार/चार पटक वार्ता भयो। तर यी दुई नेताबीचको वार्ता त्यति सजिलै भएको होइन। यसमा नेकपा एमालेका धेरै नेताहरुले धेरै परिश्रम गरेका छन्। धेरै पापड बेल्नु परेको छ । दुईतीर फर्किएका यी नेतालाई एकैठाँउमा लगेर वार्ता गराउन त्यति सजिलो थिएन।  

पछिल्लोपटक ओलीले राष्ट्रपति बन्न आग्रह गर्दै नेपालसँग चारपटक कुराकानी गरेका थिए। चारपटक नै ओलीका पुराना कार्यकर्ता तर अहिले नेकपा एसमा रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’का घरमा भेटघाट भएको थियो। ओलीसँग भेटघाट गराउन सोमप्रसाद पाण्डे, राजेन्द्र पाण्डे र किसान श्रेष्ठले पहल गरेका थिए। ओलीका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेतलगायत नेताहरूले पहल गरेका थिए। ओली–नेपाल मिलाउन खोज्नेहरू पहिला पनि वाम एकताको पक्षधर रहेकाले उनीहरूलाई नेपालले त्यति शंका गरेनन्।  

आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएर जिताउन सक्ने अवस्था नदेखिएपछि अध्यक्ष ओलीले पार्टी भित्रका विश्वासिला नेताहरुको आग्रहमा अन्तिम अस्त्रका रुपमा नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्न खोजेका थिए। अन्तत: ओलीको प्रयास असफल भयो। नेकपा एसका अध्यक्ष नेपालले काँग्रेसकै उम्मेदवार रामचन्द« पौडेललाई समर्थन गरे।

प्रकाशित: १४ फाल्गुन २०७९ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App