बालुवाटारमा आज साँझ बसेको तीन दलको बैठकले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार साँझ राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच वार्ता भएको हो। वार्तामा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री दाहाल, जसपाका नेता उपेन्द्र यादव र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।
स्रोतका अनुसार नेकपा एमालेले राष्ट्रपतिका लागि आवश्यक मतभारमा ‘ब्याकप’ गरेपछि नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्री दाहाल तयार भएका हुन्।
बैठकमा सहभागी नेताहरूबीच जसपालाई उपराष्ट्रपति दिने सहमति पनि भएको छ।
प्रकाशित: ११ फाल्गुन २०७९ १५:१६ बिहीबार