२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री भन्छन, ‘भइहाल्छ नी ! १३ गते त टुङगि हाल्छ नी’, अध्यक्ष नेपाल भन्छन, ‘बेस्ट अप्सन के हुन्छ? खोज्दैछौ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार बिहान सिंहदरबारमा भेटवार्ता भयो।  

जानकारहरुका अनुसार भेटको प्रमुख एजेण्डा ‘राष्ट्रपतिको उम्मेदवार’नै थियो। राष्ट्रपतिमा उम्मेदवारी दिने दिन (यही १३ गते) नजिकिदै गर्दा राजनीतिक गर्मी पनि बढेको छ।  

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने? कसलाई समर्थन गर्ने र कसरी गर्ने? भन्ने बिषयमा सबै राजनीतिक दलहरु भित्र र बाहिर व्यापक छलफल र बहस भइरहेको छ।  

यही क्रममा दुई नेता (दाहाल र नेपाल)बीच बिहीबार पछिल्लो छलफल भएको छ। तर यो छलफल पनि टुङगोमा पुग्न सकेको पाइएन। यो वार्ता पनि अघिल्ला वार्ता जस्तै भयो। दुवै नेताले भेटवार्ता टुङगोमा नपुगेको प्रतिक्रिया संचारकर्मीलाई यसरी दिएका छन्।

राष्ट्रपति उम्मेदवारको टुङगो लाग्यो  त प्रधानमन्त्री ज्यू ? भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष नेपालसँगको भेटपछि प्रधानमन्त्री दाहालले भने, ‘भइहाल्छ नी १३ गते त टुङगी हाल्छ नी’

संचारकर्मीको दोस्रो प्रश्न थियो, पुरानो गठबन्धन ब्यूतिन लागेको हो प्रधानमन्त्री ज्यू? प्रधानमन्त्री दाहालको उत्तर थियो, ‘होइन, अहिले फाइनल छैन, केही छैन।’

यसैगरी वार्तामा सहभागी अध्यक्ष नेपालले भने, ‘कुरा चलिरहको छ। आज भोलीमा भइहाल्छ नी । अनेक अप्सन (विकल्प)हरु  आइरहेका छन्। ती अप्सनहरुमध्ये बेस्ट अप्सन के हुन्छ? जुन अप्सनले देशको राजनीतिलाई थेग्न सक्छ त्यही अप्सनमा जानुपर्छ।’

उनले राष्ट्रपतिको उम्मेदवार बन्ने कुरा आफ्नो मात्र नभएको, कसरी देशको समस्यालाई सम्बोधन गर्ने कुरा ठूलो भएको दाबी पनि गरे । ‘राष्ट्रपति कसले पाउने ? कुन व्यक्तिले पाउने ? कुन पार्टीले पाउने भन्दा पनि कसरी देशको समस्यालाई सम्बोधन गर्ने भन्ने महत्वपूर्ण छ’, अध्यक्ष नेपालले भने।

प्रकाशित: ११ फाल्गुन २०७९ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App