६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

वर्तमान सरकारले जन-चाहना अनुसार काम गर्नुपर्छ: अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्नेकुरा सहजै अनुमान लगाउन नसकिने बताए।

उनले वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्नेकुरा यसै भन्न नसकिने भन्दै देशमा राजनीतिक स्थायित्व हुनुपर्ने बताए। अध्यक्ष नेपालले सरकारले जनचाहना अनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने जिकिर गरे। उनले पदमा को बस्छ भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्नेकुरामा ध्यान दिनुपर्ने बताए।

उनले भन्ने, ‘अहिले हाम्रो देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको छ। यसबीचमा नाटकीय परिवर्तनहरु भए। एउटा गठबन्धन अघि बढीरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो। यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन। हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायित्व होस्। सरकारले जन चाहना अनुसार आफ्नो काम र जिम्मेवारी पूरा गरोस्। को पदमा आसिन हुनेछ, त्यो महत्वपूर्ण कुरा होइन। उहाँले के गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा हो। हाम्रो राजनीतिमा रहेका जतिपनि विसंगतिहरु छन्, हाम्रो प्रशासनिक क्षेत्रमा रहेका जतिपनि विकृति छन्, समाजका यावत चुनौतिहरुको सम्बोधन गर्नेगरी सरकार अघि बढ्नुपर्छ। जनतामा राजनीतिप्रति नै कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ। एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो।’

अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको बताए। उनले नागरिकमा एक अर्का राजनीतिक दलहरुप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताए।

प्रकाशित: २३ पुस २०७९ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App