१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुरु भएको छ ।  

दिउँसो १ बजे बस्ने भने पनि बैठक एक घण्टा ढिलो सुरु भएको हो  ।आजको बैठकमा संसद् बैठकमा कसरी सहभागी हुने, सरकारलाई विश्वासको मत दिने र नदिने लगायत विषयमा छलफल हुने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन।  

हिजो सर्वदलिय बैठक पछि नेपाली काँग्रेसले आज संसदीय दलको बैठक डाकेको हो । प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक  पुस २५ गतेदेखि सुरु हुँदै छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने कार्यक्रम छ । 

प्रकाशित: २३ पुस २०७९ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App