७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा ४ जनाको दाबी

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा ४ जनाले दाबी गरेका छन्। संसदीय दलको नेतामा भीम पराजुली, अमृत अर्याल, उद्वव थापा र  केदार कार्की दाबेदार रहेका छन्।

भीम पराजुली नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व प्रमुख हुन्। अमृत अर्याल केन्द्रिय सदय तथा संविधानसभा सदस्य हुन्। यस्तै उद्वव थापा नेपाली कांग्रेस प्रदेश १ का सभापति  हुन् भने केदार कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्। यी मध्ये पराजुली र थापा कृष्णप्रसाद सिटौला लाइनका हुन्। कार्की शेखर कोइराला र अर्याल नेपाली कांग्रेस संस्थापन पक्षका नेता हुन्।

प्रदेश १ मा नेपाली कांग्रेसले पुस १५ गते  संसदीय दलको नेता चयनको तयारी गरेको छ। पुस १५ अगाडि नै सर्वसम्मत नेता चयन गर्ने प्रयास पनि भइरहेको कांग्रेसका नेताहरूले बताएका छन्। संसदीय दलको नेता सर्वसम्मत चयन गर्न भन्दै नेपाली कांग्रेसले मंगलबार विराटनगरमा छलफल गरेको थियो। तर, छलफल विना निश्कर्ष टुंगिएको छ। मंगलबारको बैठक विना निश्कर्ष टुंगिए पनि सहमतिको प्रयास जारी रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य भीम पराजुलीले बताए।

उनका अनुसार सर्वसम्मत दलको नेता चयन गर्न बिहीबार फेरी छलफल राखिएको छ। दलको नेताका लागि सहमति नभए पुस १५ गते निर्वाचनको माध्ययमबाट दलको नेता चयन गर्ने नेपाली कांग्रेसको तयारी छ। नेपाली कांग्रेसको विधान अनुसार संसदीय दलको नेता चयनका लागि ५१ प्रतिशत बहुमत पु¥याउनुपर्ने हुन्छ।

पहिलोचरणको निर्वाचनमा ५१ प्रतिशत बहुमत नपुगे पहिलो चरणमा सबै भन्दा धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुने छ। सर्वसम्मत नेता चयन गर्न बसेको बैठकमा चारैजना दाबेदारले अडान नछाडेका कारण प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन हुने संभावना न्यून रहेको बैठकमा सहभागि नेताहरूले बताएका छन्।  

प्रकाशित: १३ पुस २०७९ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App