१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छुः डा. तोसिमा कार्की

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन्।  

ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन्।  

उनले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताइन्। उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन्। उनले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन्। 

प्रकाशित: ८ मंसिर २०७९ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App