नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेकपा एमालेका उम्मेदवार अग्नीप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतअन्तरले पछि पार्दै शर्मा निर्वाचित भएका हुन्।
शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नीप्रसाद खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरे।
प्रकाशित: ७ मंसिर २०७९ १२:४७ बुधबार