काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
खनालले १४ हजार २०४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याएका छन्।
यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मत ल्याएका छन्।
प्रकाशित: ७ मंसिर २०७९ ०९:१९ बुधबार