१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कैलाली ३ का दुवै प्रदेशमा नागरिकका उम्मेदवार विजयी

कैलाली क्षेत्र नं. ३ अन्र्तगत प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश (क) मा घनश्याम चौधरी र प्रदेश (ख) मा खुशीराम चौधरी विजयी भएका छन्।  

प्रदेश (क) मा विजयी घनश्याम चौधरीले प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज डगौरा थारुलाई २ हजार ३५१ मतान्तरले पराजित गरेका छन्। चौधरीले १३ हजार ९२३ मत र थारुले ११ हजार ५७२ मत प्राप्त गरेका छन्।  

प्रदेश (ख) मा खुशीराम चौधरीले नेकपा एकीकृत समाजवादीका अमर साउँदलाई ९२० मतको अन्तरले हराएका छन्। चौधरीले ७ हजार ५३९ र साउँदले ६ हजार ६१९ मत पाएका छन्। साउँद सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री हुन्।  

प्रकाशित: ७ मंसिर २०७९ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App