चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता कायमै राखेका छन्। उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई १ हजार ४४२ मतले पछि पारेका हुन्।
खैरहनी माविमा जारी मतगणनामा ढकालले ६ हजार ३२७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याएका गठबन्धनका तर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले ४ हजार ८८५ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ८३७ मत प्राप्त गरेका छन्।
प्रकाशित: ६ मंसिर २०७९ ०८:२१ मंगलबार