असारे भाका गाउँदै एक्ली कान्छी
गैरी खेतको रोपाई, आउनु भाको तपाई
छाता छाडी घुम केलाई ?
अरुलाई मैले लौ भनेको छैन
दिल बसेको मायालाई।
भक्तपुर पिखेलस्थित गैरी खेतमा रोपाई गर्दे गरेकी ६० बर्षीया कान्छी थापाले असारे भाका गाउँदा उनलाई साथ दिने कोही थिएन । उनी संगै रोप्दै गरेकाहरु उनको गीत सुनेर मुस्कुराउथे तर भाका म मिलाउन सकक्दैन थे।
पछिल्लो समयमा असारे भाका गाउँनको कमि हुदैँ आएको घटनाको साक्षी हुन उनी । ‘पहिला असारे भाका गाउँने अनि सुन्ने दुवैको भिड हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त न त सुन्ने नै भेटिन्छन, न त गाउने नै भेटिन्छन् ।’ भाका हालेर गीत गाउँदा थकान कम हुने भन्दै मनमा रमाइलो पनि मिल्ने उनले सुनाइन्।
सानै उमेरदेखि गाउँन थालेकी उनले ५ दशकयता रोपाइको थुप्रै उतारचढाव देखेकी छिन् । ‘हिलोमा हातखु्ट्टा टेकेर भाका हालेर गीत गाउँदा घाम–पानी दुवै प्यारो लाग्छ,’ उनी भन्छिन्, ‘तर विस्तारै यस्तो भाका हराउँदै गएको छ ।’ कम्तीमा पनि आफुलाई साथ दिने अर्को मान्छे पनि भैदिए पुरै फाँटमा असार गुन्जने उनले सुनाइन् ।
असारको भाकामात्र हैन, लामो रोपाइ यात्रामा यसमा धेरै फरक आएको उनी सुनाउँछ्न । रोपाईमा ओढ्ने ओढो देखे खाने खाजा सवै फेरिएको उनले बताइन् ।‘घुम ओढेर साधेको आलुको अचार र चिउरा खाइन्थ्यो,’ उनले भने , ‘अहिले त चिया र दुनोट खाएर रोपाइ सकाइन्छ ।’
उनको जस्तै धारणा राख्छिन, ५८ बर्षीय गीता पौडेल पनि । धान रोपारको लागी विउ काट्दै गरेकी उनले उति बेलाको रोपाइ र अहिलको रोपाइमा आकास जमिनको अन्तर आएको सुनाइन् । ‘बिउ काट्नेको लागी पानीले भिज्छ भनेर अग्लो छु्ट्टै पिर्का हुन्थ्यो्,’ उनले हास्दै भनिन् , ‘अहिले त चप्पल ओछ्याएर बिउ काट्दै छु ।’ समय अनुसार हरेक कुरा फेरिदै गएको बताउदै उनले रोपाइ पनि त्यस्तै भएको बताइन्।
धान फल्ने खेतमा घर फल्न थालेपछि यहाँको रोपाइको रौनक घटेको उनको बुझाई छ । ‘खेत घटे, रोपार घटे, रोपाइको रमाइलो पनि घट्यो,’ उनले भनिन्, ‘तर रोप्ने कर्म भने जारी छ ।’ उति बेलाको रोपाइको चटारो हुने गरको उनले अहिले रोपाई एक छिनको रमाइलो जस्तै हुने सुनाइन् । ‘ पहिला पहिला पानी पनि उस्तै पर्थ्यो,’ उनले विगतको अनुभव सुनाइन्, ‘ पिठ्यूबाट घुम निकालने फुर्सद पनि हुन्नथ्यो।’
असारको १५ लाग्दै गर्दा उपत्यकामा पनि रोपाइको चटारो छ । कतै रोपाइ सकिएको छ भने तै रोपाइको सुरसार चलेको छ ।‘पानी जम्ने खेतमा पहिलो रोपाइ हुने हो,’ मेनुका थापाले सुनाइन्, ‘अग्ला डिल र डाडामा बिस्तारै रोपाई हुन्छ ।’ बेलैमै पानी परेकाले धेरै किसानको रोपाई सकिदै गएको उनले सुनाइन्।
नेवार बस्तीमा रोपाइको चटारो
असारयै सिनाज्या, फुलफुलो ससिवा
सिरीसिरी फँसडाया , मन चंगा ... । ‐असारको सिमसिमे पानीमा धान रोप्दै गर्दा बहने चिसो हावाले मनै चंगा गराउँछ ।)
उपत्यकाका नेवार बस्तीमा पनि रोपाईको रौनक सुरु भएको छ । यस क्षेत्रमा फाँटमा नेवारी लयमा असारे भाका गुन्जदै छ । अघिल्लो बर्षको तुलना यस पटक पानी चाडो परेकाले रोपाइको रौनक सुरु भएको पाटन च्यासलका श्यामकाजी महर्जनले बताए । अहिले आफ्नो क्षेत्रका अधिकांस किसान अहिले धान खेतीमा व्यष्त रहेको सुनाए । पाटन सहरका किसानहरु साना गाँउ, टिकाथली, हरिसिद्धी, नख्खु, लगायतका क्षेत्रमा रहेका आ–आफ्ना खेतमा व्यष्त रहेको उनले सुनाए।
खेतमा भोज चल्दै छ
कतिपय ठाउँमा पुराना खाजाका ठाउँमा चिया, बिस्कुटले ओगटे पनि यहाँका पुराना नेवार बस्तीमा भने परम्परागत खाना जारी नै छ नेवार समुदायको रोपाईमा देखिने अर्को रौनक खेतमा आलीमा लहरै बसेर खाने रोपाइको भोज पनि हो । आलीको डिलमा बसेर अटल‐आलुको अचार र पेय पदार्थ)खादा होस या मासु–चिउरासंग अइला खादा वातावरणमा छुट्टै रौनक हुन्छ ।