हिन्दुहरूका आराध्यदेव महावी र हनुमान्को अत्यन्तै ठूलो महत्व रहेको छ। हनुमानलाई संकट मोचन, महावी र, बुद्धिमत्तापूर्ण कार्य गर्न सक्ने, बज रङ्गबली र भगवान् श्रीराम र सीताका अनन्य भक्तका रूपमा मानिन्छ। अष्टचि रञ्जीवीमध्ये एक हनुमानलाई पनि चि रञ्जीवीका रूपमा पूजिँदै आएको छ। हनुमानको पूजा आ राधनाबाट आयु, आ रोग्य प्राप्त हुनाका साथै यश, कीर्ति पनि फैलिने विश्वास ग रिन्छ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान्–जयन्ती मनाउने ग रिन्छ भने प्रत्येक मंगलबा र हनुमानलाई विशेष रूपमा पूजा ग रिन्छ। श्री रामको जन्म हुनुपूर्व नै हनुमान्को जन्म भएको थियो। श्री रामको जन्म ईसापूर्व ५११४ मा अयोध्यामा भएको थियो।
सुमेरु राज्यका राजा केस री र माता अञ्जनाको गर्भबाट हनुमानको जन्म भएको हो। सन्तान नभए र चिन्तित रहेका हनुमान्का माता अञ्जना र पिता केस रीलाई भगवान्कै आशीर्वाद स्वरूप हनुमानजस्ता प राक्रमी पुत्र प्राप्त भएको हो। अयोध्याका राजा दश रथको सन्तान नभै गुरु वशिष्टका आदेशले राजा दश रथले शृङ्गी ऋृषिलाई पुगेष्टि यज्ञ गराए।
जसको फलस्वरूप यज्ञको प्रसाद खाने क्रममा दश रथका तीन महा रानी कौशल्या, सुमित्रा र कैकयीले राजमहलको अट्टालिकामा बसे र प्रसाद खान लाग्दा अकस्मात् एउटा चील आए र एक भाग प्रसाद खोसे र लग्यो। चीलले उक्त प्रसाद सुमेरु राज्यको केस रीको द रबा रमाथि खसाली दिए, जहाँ रानी अञ्जना बसि रहेकी थिइन्। अञ्जनाले देवताहरूले पठाएको प्रसाद ठानी खाइन्। सोही प्रसादको प्रभावद्वा रा अञ्जनाले प राक्रमी हनुमानको जन्म दिइन्। भनिन्छ कि जब वर्षौंसम्म केस री र अञ्जनालाई पुत्रलाभ भएन, तब पवनदेवको आशीर्वादबाट पुत्रलाभ भयो। त्यसैले हनुमान्लाई पवन पुत्र पनि भनिन्छ। कुन्तीपुत्र भीम पनि पवन पुत्र हुन्। हनुमान् रुद्रावता र हुन्।
एकपटक बाल्यवस्थामै हनुमान्ले भोक लागेकाले आकाशमा भर्ख र उदाउन लागेको रातो सूर्यलाई फल सम्झी खान आकाशमा उडे र गई सूर्यलाई निल्ने प्रयास ग रेका थिए। त्यसैबेला राहुले देव राज इन्द्रलाई बताएपछि इन्द्रले बज्र प्रहा र ग री हनुमान्को चिउँडो भाँचिदिए। हनुमान् आकाशबाट तल झ रे र पर्वतमा बजा रिन पुगे र मृत प्रायः अवस्थामा पुगे।
एकपटक बाल्यवस्थामै हनुमानले भोक लागेकाले आकाशमा भर्ख र उदाउन लागेको रातो सूर्यलाई फल सम्झी खान आकाशमा उडे र गई सूर्यलाई निल्ने प्रयास गरेका थिए। त्यसैबेला राहुले देव राज इन्द्रलाई बताएपछि इन्द्रले बज्र प्रहा र ग री हनुमानको चिउँडो भाँचिदिए। हनुमान् आकाशबाट तल झ रे र पर्वतमा बजा रिन पुगे र मृत प्रायः अवस्थामा पुगे।
हनुमान्लाई सकुशल आकाशबाट फर्काए र ल्याउने अञ्जनासमक्ष बाचा ग रेका पवनले बालक हनुमान्को यस्तो अवस्था देखेपछि अत्यन्तै क्रोधित भई संसा रलाई नै अवरुद्ध हुने ग री वहनै छोडे। विश्व ब्रह्माण्डका समस्त प्राणीहरू श्वास फेर्न नपाउँदा हाहाका र भयो। हावा नै नभएपछि श्वास फेर्न नपाई सम्पूर्ण प्राणीहरू मरणासन्न अवस्थामा पुगे भने सम्पूर्ण वनस्पति ओइलाउन थाले। यस्तो आपद्को अवस्था आएकाले सम्पूर्ण मानव, देवता, दानवलगाायत सबै प्राणीहरू ब्रह्मासमक्ष गई प्रार्थना गर्न थाले।
पवनले पनि आफ्ना पुत्रसमान अबोध बालक हनुमानलाई इन्द्रले बज्र प्रहा र ग री अत्याचार गरेको कुरालाई पनि प्रस्तुत गरे। त्यहाँ उपस्थित सम्पूर्ण देवता, दानव, मानव तथा प्राणीहरू सामु ब्रह्माले म रणासन्नमा रहेका बालक हनुमान्लाई स्पर्श गरी शक्ति सञ्चा र गरिदिए र हनुमान् फुर्तिलो भई मुच्र्छाबाट ब्युँझिए। तत्पश्चात प्रायश्चित स्वरूप इन्द्रले पनि हनुमान्लाई कमलको माला लगाइदिए र बज्रको अस रबाट मुक्त ग रिदिए। त्यस्तै सूर्यले आफ्नो तेज प्रदान ग रे भने विभिन्न देवताहरूले आआफ्नो तर्फबाट विभिन्न शक्ति दिएर बढी शक्तिशाली र सक्षम बनाइदिए।
हनुमानकी माता अञ्जनी पूर्वजन्ममा पुजिकस्थला नामकी अप्सरा थिइन्। ब्रह्माण्ड पुराणअनुसार हनुमान् सबैभन्दा जेठा थिए। उनका भाइहरू मतिमान्, श्रुतिमान, केतुमान र धृतिमान थिए।
हनुमान्लाई विवाहित, बाल ब्रह्मचारी पनि भनिन्छ। विवाहित अनि बाल ब्रह्मचारी कसरी हुन सक्छ? भन्ने प्रश्न उठ्न सक्छ? पराश र संहिताअनुसार हनुमान्ले सूर्यलाई गुरु माने र शिक्षा ग्रहण गर्ने क्रममा सूर्यले ९ किसिमका विद्यामध्ये हनुमानलाई ५ किसिमका विद्या सिकाइ दिए तर अरू चारकिसिमका विद्या र ज्ञानचाहीं विवाहितलाई मात्र दिनुपर्ने रहेछ। तर हनुमान्ले त पूरै शिक्षा ग्रहण गर्ने संकल्प लिइसकेका थिए। भगवान सूर्य धर्म संकटमा परे। धर्मको अनुशासन बमोजिम कुनै पनि अविवाहितलाई विशेष विद्या प्रदान गर्न सकिँदैन। त्यसैले सूर्यले हनुमानलाई विवाह गर्ने सल्लाह दिए। आफ्नो संकल्प पूरा गर्न हनुमान्ले विवाह गर्न राजी भए। तर कसले दिने हनुमानलाई आफ्नी छोरी? हनुमान्ले पनि कहाँ खोज्न जाने? यस्तो परिस्थितिले गर्दा सूर्यले आफ्ना शिष्य हनुमान्लाई आफ्नै परम तपस्वी र तेजस्वी छोरी सुवर्चलालाई विवाह गरिदिए। त्यसपछि हनुमान्ले आफ्नो शिक्षा पूर्ण रूपमा सूर्यबाट ग्रहण गरिसकेपछि सुवर्चला सधैंका लागि आफ्नो तपस्यामा लीन हुन पुग्छिन्।
यस्तो किसिमले हनुमान्ले विवाह गरे तापनि शारीरिक रूपमा अहिलेसम्म पनि ब्रह्मचारी नै छन्। स्मरण रहोस्, संकटमोचन हनुमानका एउटा पुत्र पनि छन्। यो कसरी भयो भने हनुमान् लंकाबाट उडे र आउँदा समुद्रमा बसि रहेकी सिंहिकाले हनुमान्को पसिना पिएकी थिइन्। सोही पसिनाका का रणले सिंहिका गर्भवती भई पुत्रको जन्म दिइन्। त्यस पुत्रको नाम हो मक रध्वज। सिंहिका पनि स्वर्गकी गन्धर्व हुन्। स राप लागेकाले समुद्रमा आई बस्नुपरेको हो भनिन्छ।
संकटमोचन हनुमान्ले आफ्ना भक्तजनलाई विभिन्न बाधाहरूबाट बचाउँछन्। रोग, शोक, भूत–पिशाच, शनि, राहुकेतु र अन्य ग्रह वाधा, मुद्धामामिला, जेल, बन्धन, म रण–सम्मोहन, उच्चाटन, घटना–दुर्घटनाबाट आफ्ना भक्तहरूलाई हनुमानले बचाउँछन्। त्यस्तै दोष, पितृदोष, ऋण, संताप, बेरोजगा री, तनाव र चिन्ता, शत्रु, बाधा, माया–जाल आदिबाट पनि हनुमानले आफ्ना भक्तहरूलाई रक्षा गर्छन्।
महावी र हनुमान्को पराक्रम, सर्वशक्तिमान, सर्वज्ञ सर्वत्र चर्चित छ। बाल्यावस्थामै सूर्यलाई निल्नु, एउटै छलाङमा समुद्र नाघ्नु, समुद्रमा राक्षसी मायाको वध गर्नु, त्यस्तै लंकामा पुग्ने बित्तिकै हनुमानले लंकिनी र अन्य राक्षसी मायाको वध गर्नु यसका उदाहरण हुन्। त्यस्तै हनुमान्ले अशोक वाटिकालाई उजाडे र अक्षयकुमा रको वध गरिदिए। उनले सीतालाई एउटा रामको औंठी ल्याई दिए। विभीषणलाई रामसँग भेट्टाइदिए। हिमालयबाट एउटा पहाड नै उठाए र ल्याई हनुमान्ले लक्ष्मणको प्राणको रक्षा गरे। यसैबीच हनुमान्ले कालनेभि राक्षसको वधग रिदिए।
अहि रावणले राम र लक्ष्मणलाई अपहरण गरेर पाताल लोकमा पुर्याई त्यहाँ देवीको मन्दि रमा भोग दिन लाग्दा हनुमान् त्यहाँ पुगी देवीको सामु एउटा र चा रै दिशामा चा रवटा बलि राखेका दियोलाई एकैचोटि निभाउन सकेमा मात्र राम र लक्ष्मणलाई बचाउन सकिने रहस्य थाहा पाएपछि हनुमानले पञ्चमुखी हनुमान्को पाँच रूप लिइ एकैपटकमा ती पाँचवटै दियो निभाइदिए भने अहि रावणको त्यहीं वध गरिदिए। हनुमान्ले सत्यभामा, गरुढ, सुदर्शन, भीम र अर्जुनसमेतका घमण्डचूरग रिदिएका थिए। पञ्चमुखे हनुमान्मा श्रीबराह, श्रीनरसिंहा, श्री गरुड, श्री ह्याग्रिव र श्री हनुमान् पर्छन्।
हनुमान् कल्पको अन्त्यसम्म भगवान् श्रीरामको वरदानअनुसा र यस धराधाममा रहन्छन् भने सीता माताको व रदानअनुसा र हनुमान् चिरञ्जीवी भै रहन्छन्। त्यसैले त हनुमान् अष्टचि रञ्जीवीमध्ये एक हुन पाएका छन्। द्वाप र युगमा हनुमानले भीम र अर्जुनको परीक्षा लिएका थिए। कलियुगमा हनुमान्ले तुलसीदासलाई दर्शन दिए। हनुमान्ले नै तुलसीदासलाई यसो भनेका थिए, ‘चित्रकूट के घाट पे भई संतन केचीर। लुलसी दास चंदन घिसै तिलक देत रघुवीर।’
श्रीमद्भागवतअनुसा र हनुमान् कलियुगमा गंधमादन पर्वतमा रहेका हुन्छन्। तर हनुमान् विश्वका सबै स्थानमा हावा रूपमा भ्रमण गरि रहन्छन् र आफ्ना समस्त भक्तहरूको रक्षा गरि रहन्छन्।
हनुमान्को जन्म कपि नामक वान र जातिमा भएको थियो। रामायणादि ग्रन्थमा हनुमान् र उनका सजातीय बन्धुबान्धव सुग्रीव, अंगवादीको नामका साथै बान र, कपि, शाखा, मृग आदि विशेषणयुक्त थिए। हनुमान्को पुच्छ रले लंका दहन ग रेका थिए। यसबाट प्रमाणित हुन्छ कि हनुमान् बाँदर थिए। रामायणमा वाल्मीकिले हनुमान्लाई विशिष्ट पण्डित राजनीतिमा धुरन्धर रवीरशि रोमणि भनी प्रशंसा ग रे तापनि हनुमान्लाई पुच्छ र धा री पनि भनिएकाले सिद्ध हुन्छ कि हनुमान् जातीयतामा बाँद र नै थिए।
इन्द्रादि देवताहरूपछि हनुमानकाे विषयमा विभीषणले हनुमान् वडवानल स्तोत्रको रचना गरेका थिए। समर्थ रामदासले मारुती स्तोत्र रचेका थिए। आनन्द रामायणमा हनुमान् स्तुति एवम् उनका द्वादशनाम पाइन्छ। यसका साथै कालन्त रमा हनुमानका बारेमा हजारौं वन्दना, प्रार्थना, स्तोत्र, स्तुति, मन्त्र, भजन लेखिएका छन्। गुरु गो रखनाथले हनुमान्का बा रेमा सावर मन्त्रको रचना गरेका छन्।
सर्वशक्तिमान हनुमान्सँग कैयौं वरदानी शक्तिहरू छन् तर वरदानी शक्तिहरूभन्दा पनि हनुमान् स्वयम् शक्तिशाली थिए। ब्रह्मदेवले हनुमानलाई तीनवटा वरदान दिएका थिए, जसमा ब्रह्मास्त्र बेअस र हुने पनि थियो। सबै देवतासँग आआफ्नो शक्ति छ। जस्तै विष्णुसँगलक्ष्मी, महादेवसँग पार्वती र ब्रह्मासँग स रस्वती छन्। हनुमान्सँग आफ्नै शक्ति छ। यो ब्रह्माण्डमा ईश्व रपछि यदि कोही एक शक्ति छ भने त्यो हो हनुमान्। महावी र विक्रम बज रङ्गबलीको सामु कुनै पनि प्रका रको मायावी शक्ति टिक्न सक्दैन।
१३ औं शताब्दीमा माध्वाचार्य, १६ औं शताब्दीमा तुलसीदास, १७ औं शताब्दीमा रामदास, राधवेन्द्र स्वामी र २० औं शताब्दीमा स्वामी रामदासले हनुमान्लाई देखेको दाबी ग रेका छन्। हनुमानले त्रेतामा श्री राम, द्वाप रमा श्रीकृष्ण र अर्जुनलाई सहायता ग रेका थिए भने कलियुगमा समस्त रामभक्तहरूको सहायता गर्छन्।
प्रकाशित: ३२ असार २०७९ ००:४६ शनिबार