देविका केसी
महिला हिंसाका अनेक रूप छन्। चरित्र हत्या, शारीरिक–मानसिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, सामाजिक–सांस्कृतिकहिंसालगायत बनावटीप्रेमबाटगरिने हिंसा।हामी सबैलाई थाहा छ– संसारका कुनै पनि ठाउँमा पुरुषभन्दा बढी महिलानै हिंसामापरेका छन्। पुरुषले जहिले पनि महिलालाई आफ्नो अधीनमा राख्न खोज्छ÷राखिरहेको छ। यस्ता घटना पश्चिमा समाजमा निकै कम हुन्छन्। कारण त्यहाँ शिक्षा, सशक्तीकरण, स्वतन्त्रता, अवसर आदिमा महिलाको पहँुच बढी छ। तर हाम्रो तुलनामा मुस्लिम समुदायका महिलाको अवस्था अझ दर्दनाक छ भने बंगलादेशमा हजारौं महिला कुनै केटासँग विवाह तथा यौन सम्पर्क गर्न नमानेकै कारण तेजाब आक्रणमा पर्ने गरेका छन्। आखिरजहाँ जस्तो हिंसा भएपनि पीडा पाउने महिलै हुन्। नेपालमा पनि सदियौंदेखि पितृसत्तात्मक प्रणाली रहेका कारण महिला हिंसाका घटना धेरैहुन्छन्/भइरहेका छन्। त्यसमा पनि अशिक्षा, गरिबी तथा पछौटेपनका कारण सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण भेगमा महिला हिंसा बढीहुन्छन्।
हिजोआज धेरै देखिएको र बाहिर आउन नसकेको हिंसाको एउटा रूप हो– पुरुषहरूले गर्ने घरबाहिरको प्रेम सम्बन्ध। हाम्रै समाजमा एउटा यस्तो पुरुष जमात छ जसलेकमजोर अवस्थामा रहेका महिलालाई, विशेषगरीएकल, दुःख पाएका अनि घरमा श्रीमानसँगराम्रो सम्बन्ध नभएका तथा मौका मिलेअविवाहित युवतीको जीवनमा पनि प्रवेश गर्ने।त्यस्ता महिलासँग नजिकिन यस्ता पुरुषले उनीहरूका आवश्यकतालाई हतियार बनाउने गरेका छन्।सहयोग गर्न हरबखत तयार हुने, चारो हाल्न अलि–अलि आर्थिक सहायता गरेजस्तो गर्ने, उनीहरूलाई असाध्य महŒव दिने, प्रशस्त समय दिने, बारम्बार फोन गरी हरेक क्षणको जानकारी लिने, चाहिनेभन्दा बढी केयर गर्ने, मोबाइलमा पैसा हालिदिने आदि इत्यादि गर्ने गर्छन्। यस्ता पुरुषहरूयतिसम्म झूटबोल्छन् कि घरमा श्रीमतीसँग सुमधुर सम्बन्ध हुँदाहँुदै पनि राम्रो छैन, सम्बन्ध–विच्छेद गर्ने तयारीमा छु भन्छन्। त्यस्तै कुनै रोग लागेकाले उसप्रति आफ्नोइच्छा कम भएको, आफ्नो लायककी नभएको तथा छुच्ची, घमण्डी छिन्जस्ता झूट कुरा गरेर कमजोर अवस्थाका महिलाको मन जित्ने प्रयास गर्छन्। यस्ता पुरुषलाई तपाइं के भन्नुहुन्छ?म त समाजका धमिरा भन्न रुचाउँछु।
हिजोआज धेरै देखिएको र बाहिर आउन नसकेको हिंसाको एउटा रूप हो– पुरुषहरूले गर्ने घरबाहिरको प्रेम सम्बन्ध। हाम्रै समाजमा एउटा यस्तो पुरुष जमात छ जसले कमजोर अवस्थामा रहेका महिलालाई, विशेषगरी एकल, दुःख पाएका अनि घरमा श्रीमानसँग राम्रो सम्बन्ध नभएका तथा मौका मिले अविवाहित युवतीको जीवनमा पनि प्रवेश गर्ने।
यस्ता धमिरा विशेषगरीआफूले फसाउन खोजका महिलाका पहिलादेखि नै चिनजानका हुन्छन्। जस्तै ः स्कुल, कलेजमा सँगै पढेका,एउटै कार्यालयमा काम गरेका जसले ती महिलाका सबै कुरा थाहा पाएका हुन्छन्। अनि तिनले‘म तिमीलाई पहिला कति धेरै मनपराउँथे, तिमीलेवास्ता गरिनौ र पो’, ‘तिमीले भनेको मानेको भए अहिले हाम्रो कति सुन्दर जीवन हुन्थ्यो’, ‘अहिले तिमी पनि भड्खालोमा पर्यौ, म पनि खाल्डोमा परें’, मलाई त उसले मेरो चाहना नहुँदानहुँदैनराम्रोसँग फसाई’, ‘अहिले तिमीले पनि दुःख पाएकी छौ, मैले पनि दुःख पाएको छु, ढिलै भए पनि फेरि हाम्रो भेट भएको छ, अब बिहे गर्नुपर्छ’, ‘म ऊसँग सम्बन्ध–विच्छेद गर्दै छु’जस्ता कुरा गरेर लोभ्याउँछन्। कामकाजी महिला भए काममा सहयोग गरेजस्तो गर्ने, ‘म तिम्रो ‘प्रमोसन’का लागि पहल गरिदिन्छु’,‘तिमी चिन्ता नगर’भन्ने तथा बेरोजगारी महिला छिन् भने ‘म तिमीलाई राम्रो जागिर लगाइदिन्छु’आदि इत्यादि आश्वासन दिँदै नजिकिने गर्छन्।
महिलाको मन त्यसैपनि कोमल हुन्छ। त्यसमा पनि झन् दुःख पाएका महिलाले यस्ता मीठा कुरागर्ने, आफ्नोख्याल गर्ने, आफूलाई सहयोग गर्ने, अप्ठेरो परेका बेला पैसा पनि दिने पुरुष पाए के चाहियो र !विश्वास गर्छन् र बिस्तारै–बिस्तारै मायाजालमा फस्छन्। अनि ती महिला सम्पूर्ण रूपमा लुटिइएर ऊबिना बाँँच्न नसक्ने अवस्थासम्म पुगिसकेका हुन्छन्।
समय बित्दै जान्छ। ती पुरुषका श्रीमतीले आफ्नो श्रीमान्को बाहिरी सम्बन्ध बिस्तारै थाहा पाउँछन् र त्यसपछि त्यो सम्बन्ध त्यहींनेर पूर्णविराम लाग्छ। यता झूटो प्रेममा परेकी महिलाको हालत खराब हुन थाल्छ। अनि पहिलाको त्यही पुरुष बदलिन्छ र आफूले गरेको फोनसम्म नउठाउने हुन्छ। उठाइहाले पनि बोली फरक गर्ला अथवा मौका परे त्यो फोन आफ्नी श्रीमतीलाई उठाउन देला र त्यसपछि महिलाको हुल गएर ती पीडित महिलालाई थप हिंसा गर्लान्। अब सोचौं, ती महिलाको अवस्था कस्तो होला ?भनिन्छ– महिलाका लागि सबैभन्दा ठूलो पीडा विवाहित पुरुषसँग प्रेम गर्नु हो, जो पलपल तड्पेर मर्छन्। न प्रेमीलाई फोन गर्न मिल्ने, न त गएर झगडै गर्न मिल्ने !
त्यसैले म यसै लेखमार्फत सम्पूर्ण दिदीबहिनीलाईके आग्रह गर्छु भने तपाईं यस्तो सम्बन्धमा हुनुहुन्छ भने त्यो सम्बन्धलाई अहिले नै पूर्णविराम लगाइहाल्नुस् र त्यस पुरुषबाट टाढा हुनुस्। नत्र तपाईंलेठूलो दुःख पाउनु हुनेछ। तपाईं साँच्चिकै एकल हुनुहुन्छ भने एकल जीवनको मजा लिन सिक्नुस्, कसैको आशा÷भरोसा, विश्वासमा नपर्नुस्, आफैं सक्षम बनेर जिउनुस्।
साथै म यही लेखमार्फत त्यस्ता पुरुषहरूलाई पनि विनम्र अनुरोध गर्छु– कुनै महिलालाई यस्तै गर्दै हुनुहुन्छ र गरिरहनुभएको छ भने कृपया आजैबाट छुटकारा दिनुस्। ती महिला पनि तपाईंकै दिदीबहिनीहुन्, उनीहरूलाई हिंसा नगर्नुस्, कुनै लोभलालच,झूटा सपना देखाएर स्वार्थ लुट्ने काम नगर्नुस्। बरु सकिन्छ भने निस्वार्थ भावनाले उनीहरूलाई सक्षम बनाउन पहल गर्नुस्। विवाहित पुरुषले भुक्याई गर्ने बनावटी प्रेम र सम्बन्धको परिणाम अन्ततः दुवै पक्षका लागि घातक हुन्छ।
मैले यस लेखमा पुरुष भनेर सबै पुरुषलाई भन्न खोजेकी होइन,मैले त्यस्ता पुरुषलाई भनेकी हुँ जसले यस्तै अवाञ्छित काम गरिरहेका छन्। हो, हाम्रै समाजमा कति असल र इमान्दार पुरुष पनि छन्, जसप्रति मेरो सदा सम्मान रहनेछ, उनीहरूलाई हृदयदेखि नमन गर्छु। उनीहरूजस्ता पुरुषकै साथ र सहयोगले नै आज आंैलामा गन्न सकिने केही दिदीबहिनीविभिन्न क्षेत्रमा अगाडि बढिरहेका छन्। भनिन्छ–कुनै सफल पुरुषको पछाडि एउटी नारीको हात हुन्छ। त्यसैगरी एउटी सफल महिलाको पछाडि पनिपक्कै कुनै पुरुषको हात हुन्छ।
त्यसैले अब हामी महिला मैनबत्तीजस्तो होइन, पत्थरजस्तो कठोर भएर अगाडि बढौं। हरेक व्यक्तिलाई माया गरौं तर कसैलाई विश्वास गरिनहालौं। किनकि विश्वास एउटा यस्तो कमजोरी हो जसले एकपल्ट होइन, बारम्बार धोकादिन्छ, रुवाउँछ। नारी कमजोर होइनन्, शक्तिका खानी हुन् भन्ने प्रमाणीत गर्नुछ हामीले। हामी सबै मिलेर लैंगिक हिंसामुक्त, विभेदरहित समाज निर्माणमा लागौं। महिला मानव अधिकारकर्मी
प्रकाशित: १६ भाद्र २०७६ ०४:१६ सोमबार