मेनुका गिरी भारती
उच्च शिक्षाभित्र पनिप्राविधिक शिक्षाअन्तर्गत थुप्रै संकाय छन्। त्यसमध्ये एक हो–नर्सिङ संकाय। पहिले महिलाले मात्र पढ्न पाउने व्यवस्था थियोतर अहिले भनेयो संकायमा दुई प्रतिशत पुरुषका लागि पनि सिट छुट्ट्याइएको छ। यो विषय पढ्नका लागि व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यकपर्छ। धैर्य, कामप्रतिको जिम्मेवारी, जुनसुकै समयमा पनि काममा सक्रिय हुन सक्ने गुण हुनैपर्छ।पुस्तक पढेर त नर्सको सर्टिफिकेटहासिल गर्न सकिएला तरविद्यार्थीलाई बिरामीको हेरचाह गर्न सक्षम बनाउन भने शिक्षकको भूमिका ठूलो रहन्छ। त्यसैले सैद्धान्तिक ज्ञान हासिल गरेर नर्सिङ पेशा अपनाउन सकिँदैन। चोटपटक लागेका र घाउखटिरा भएका बिरामी देखेर घिन मान्नुहुँदैन। निःस्वार्थरूपमा सेवा गर्नुपर्छ भनेर सिकाउनुमै शिक्षकको मुख्य भूमिका हुन्छ।स्वास्थ्य संस्थामा संलग्न भइसकेपछि बिरामीको हेरचाह र उपचारमा निःस्वार्थ रहेर सेवा गर्नु नै नर्सिङको दायित्व हुन्छ। छात्राहरूलाई यी कुरा सिकाउन त्यति सजिलो छैन जति सजिलो किताबी ज्ञान पढाउन हुन्छ।
निःस्वार्थ सेवा दिइरहँदापनि मार्ने धम्की तथा गालीगलौज सहनुपर्ने सम्भावना रहन्छ। बेलाबेलामा अस्पताल तोडफोडका घटना पनि भइरहेका हुन्छन्। यस्ता घटना सामनासामथ्र्यपनि सिकाउनुपर्छ। यी सबै कुरा पुस्तकमा पढेर होइन,अभ्यास गरेर सिकाउनुपर्छ।
नर्स र डाक्टर भगवान् होइनन् ताकि उनीहरूले छुने र हेर्नेबित्तिकै बिरामीको रोग निको होस्। अस्पताल पुगेका सबै बिरामीको रोग निर्मूल हुन्छ भन्नेपनि हँुदैन। हाम्रो जिम्मेवारी भनेको चाँडोभन्दा चाँडो रोग निको पारेर घर पठाउनु हो। यसका लागि हामीले पूरै कोसिस गरिरहेका हुन्छौँ। उपचारका क्रममा हुने जोखिमको जिम्मेवार डाक्टर÷नर्सलाई मात्र बनाउनु हुँदैन। बिरामीका विभिन्न समस्या हुन सक्छन्। स्वास्थ्य संस्थामा भौतिक सुविधा नहुन पनि सक्छ। यी कुराले पनि उपचारमा भूमिका खेलका हुन्छन्। यस्ता चुनौती सामना कसरी गर्ने भनेर सिकाउनु नै शिक्षकको एउटा मुख्य जिम्मेवारी हो।
रात्रिकालीन ड्युटीका बेला जनरल वार्डमा नर्समात्र हुन्छन्। आपत्कालीन अवस्थामाआएमा नर्भस नभएर अवस्था हेन्डेल गर्न र आइपरेका चुनौती सामना कसरी गर्ने भनेर सिकाइले भन्दा भोगाइले बुझिन्छ।स्वास्थ्य सेवाका लागि नर्सिङ पेशा एकदमै महत्वपूर्ण हुन्छ। नर्सिङ शिक्षामा पाठ्यपुस्तकका सामग्रीमात्र पढ्ने होइन। अस्पतालमा हुन सक्ने घटना र अवस्था बुझाउन उनीहरूलाई प्रशिक्षार्थी बनाएर तीनदेखि पाँच महिना सिकाइन्छ पनि।
नर्सिङ विद्यार्थीको तयारी गर्न नर्सिङ पढाउने शिक्षकको एउटा ठूलो जिम्मेवारी हुन्छ। पढेर मात्र नभएर व्यावहारिकरूपमा अभ्यास गर्नुपर्ने हुनाले सक्षम बनाउन पूरै ताकत लगाउनुपर्ने हुन्छ।नर्सिङ शिक्षाले वास्तविक संसारमा सैद्धान्तिक अध्ययनमात्रनगराएर वास्तविक रोगहरूको उपचार र उपचारसँग सम्बन्धित अभ्यासका लागि विद्यार्थी तयार गर्न आवश्यक पर्ने जोड दिन्छ।
नर्सिङ पढाउने शिक्षकले समयसमयमा स्वास्थ्यमा पर्ने खतरा र असरबारे जानकारी लिइराख्नुपर्छ। जसले उनीहरूलाई नयाँनयाँ रोगसँग सम्बन्धित ज्ञान, जानकारी र त्यसबारे सक्षम बनाउन शिक्षक आफैँपहिले सक्षम भएर सिकाउनुपर्छ।पुस्तकबाट विद्यार्थीलाई आपत्विपत्मा तयार हुन र अवस्था व्यवस्थित गर्नेसम्बन्धी प्रशिक्षित गरी आकस्मिक अवस्थाका बेला जीवनबचाउन तथा प्राथमिक उपचार गर्न सिकाइन्छ।जस्तै–हृदयघात भएका बेला हृदय चाल सामान्य बनाउन र सास फेर्न दिइने सामान्य चिकित्सा प्रक्रियामा प्रशिक्षित बनाउनुपर्छ।सर्जरी शल्यक्रिया तथा डाइगोनिस्टिक प्रक्रियाका लागि म्यानुयल (विशेषगरी मेसिन वा कुनै काम सुरु गर्न आवश्यक पर्ने सामान तथा औषधि सबै जुटाउने) तयार गर्न सिकाइन्छ। अस्पतालमा आउने बिरामीको समस्याका आधारमा रोगसँग सम्बन्धित विशेष सुझाव र परामर्श दिन सिकाइन्छ। बिरामीहरूको रोग र अवस्थाअनुसार उनीहरूलाई कसरी सिकाउने र उपचार गर्नेबारे जानकार गराइन्छ। प्रिन्सिपल, हेम्सनर्सिङ कलेज
प्रकाशित: १७ माघ २०७५ ०४:१० बिहीबार