२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १५:७ अपराह्न
विचार

बुढेसकाल व्यवस्थापन

बच्चा जन्मेपछि युवा हुने, पुर्खा धान्न सन्तानोत्पादन गर्ने अनि पाको भएर मृत्युवरण गर्ने प्रकृतिको नियम हो। जन्मेपछि मरिन्छ भन्ने जान्दाजान्दै पनि मृत्यु शैयामा पुग्न सबै डराउँछन्। शायद आउँदो पुस्तालाई स्थान खाली गर्नुपर्ने भएकाले प्रकृतिले अजम्बरी जीवको कल्पना नगरेको होला। थलिएर बस्न नपरोस्, बरु लामो समयसम्म बाँचेर पनि हिँडडुल गर्दागर्दै स्वर्ग जान पाए हुन्थ्यो भन्ने चाहना राख्नु अन्यथा होइन।

सूक्ष्मदेखि भीमकायासम्मका सबै जन्तु कोष (सेल) मिलेर बन्छन्। तर त्यही कोषले बनेका भए पनि कुनै जीव केही घण्टाको पूर्ण जीवन व्यतीत गरी मर्छ भने कुनै प्राणी लामो समयसम्म बाँच्छन्। बत्तीमा झुम्मिने पुतलीको आयु केही घण्टाको मात्र हुन्छ भने कछुवा १५० वर्षभन्दा पनि बढी बाँच्छ। त्यस्तै समुन्द्री ह्वेलमाछा दुई सय वर्ष अनि हिंसक ग्रिनल्यान्ड सार्क चार सय बर्षभन्दा धेरै बाँचेको देखिन्छ। अझ मर्दै नमर्ने ‘हाइड्रा’ अनि ‘जेलिफिस’ लाई बायोलोजिकल हिसाबमा अजम्बरी जीव भनिन्छ। विशेष प्रकृतिका कोषका कारण ती जीवले अमरत्व पाएका हुन्। त्यसैले सार्कको बायोलोजिक प्रक्रियालाई मानवमा स्थानान्तरण गराउन सके मानिसले स्वस्थरूपले २–४ सय वर्ष बाँच्न पाउँथे होला। अझ जेजिफिसको जीवनचक्रको अध्ययनबाट अमरत्वको सूत्र जानिन्थ्यो कि ?

चाहिनेभन्दा अधिक भोजन नगर्ने व्यक्ति अर्को पक्षभन्दा स्वस्थ देखिए। शारीरिकरूपले सबल व्यक्ति लामोसमय बाँच्ने भएकाले ठिक्क खाना खानु दीर्घजीवीको पूर्वसर्त देखियो । मुसामा जस्तो युवाको रगत वृद्धमा दिएर व्यक्तिको खस्कँदो स्वास्थ्य उकासियो भनी हेर्न त्यत्ति सजिलो भएन। 

पछिल्लो समय मानिसको औसत आयु धेरै बढेकोछ। ५–६ दशकअघि सालाखाला आयु ४० वर्ष भएका मुलुकका नागरिक अहिले ८० वसन्त पार गर्छन्। महामारीको नियन्त्रण अनि आधुनिक ओखतीका कारण अकाल मृत्यु घट्यो। परिणामस्वरूप जनताको औसत आयु उकासियो। सरदर उमेर बढे पनि मानवको आयु भने बढेको देखिँदैन। हजुरबुबाको पालामा एक भेगमा एक सय वर्ष कटेका मानिस एकादुई हुन्थे भने संसारभरकै तथ्यांक हेर्नेहो भने पनि सबैभन्दा धेरै बाँचेकी फ्रान्सकी जेन केलमो जम्मा एक सय २० वर्ष जीवित रहिन्। सरदर आयु बढाउन सकिए पनि मानिसलाई लामो समयसम्म जीवित राख्न विज्ञानले हालसम्म सफलता हासिल गर्न सकेको देखिन्न । चन्द्रमा र मंगलग्रह अतिक्रमण गर्न सक्ने आधुनिक विज्ञानले अहिलेसम्म पनि मानिसको आयु भने बढाउन नसक्नुले मानवीय उमेरको सीमा नै सयवर्षको हाराहारी हो अथवा साइन्सको तागत मान्छेलाई दीर्घजीवी बनाउन पर्याप्त छैन भन्ने प्रश्नको उत्तर खोज्यो।

बूढो हुुनुको एक मात्र कारण शरीरमा हुने रासायनिक क्षति हो। आणविक तहमा रासायनिक क्षतिको सुरुवात प्रोटिन, आणविक पदार्थ डिएनए आरएनएबाट सुरु हुन्छ अनि त्यसको असर कोषमा पर्छ। अभिन्न अणुहरूमा कैफियत देखिएपछि सेलहरूले आफ्नो दायित्व बोक्न सक्दैनन्। कोषमा भएको क्षतिका कारण अंगहरू शिथिल हुन्छन् अनि अन्ततःव्यक्तिमा बुढेसकालका लक्षण देखिन्छन्।

सन् २०१२ मा मेडिकल साइन्सको नोबेल पुरस्कार पाएका सिनया यामानाकाले सामान्य कोषलाई केबल चार चरणको प्रशोधनपछि चाहअनुरूप कुनै पनि किसिमको कोषमा रूपान्तरण गर्न सकिने विधि पत्ता लगाए। उनको उपचार पद्धति मानवीय शरीरमा प्रत्यारोपण गर्न सकिने हो भने कलेजो, फोक्सो जस्ता महत्त्वपूर्ण तन्तुमा आएको खराबीलाई अविलम्ब सन्चो बनाइ रोगीलाई दुरुस्त पार्न सकिन्छ।

कोषमा पाइने सबैभन्दा महत्त्वपूर्ण आणविक पदार्थ डिएनएमा त्रुटि भए विभिन्न रोग लाग्छ, शारीरिकरूपले व्यक्ति बूढो बन्छ। तसर्थ, आणविक पदार्थलाई क्षतिबाट जोगाउन सके मानिसलाई लामो समयसम्म युवा बनाउन सकिन्छ भन्ने सोच्नु अन्यथा होइन। तर उक्त कुरा असम्भव रहेको यथार्थ सन् २०१५मा रसायनशास्त्रको नोबल पुरस्कार पाएका वैज्ञानिक टोमस लिन्डलले पुष्टि गरे। उनको अनुसन्धानले डिएनएलाई शुद्ध पानीमा मात्र राखे पनि क्षति रोक्न नसकिने देखायो। शुद्ध जलमा मात्र त दुरुस्त राख्न नसकिने डिएनएलाई कैफियतबिहीन बनाउन सकिने प्रश्न रहेन। तसर्थ डिएनए ड्यामेजबाट मानिसलाई पृथक राख्न नसकिने देखियो। उमेर पाको हुँदै गएपछि आणविक पदार्थको छेउहरू जसलाई टेलोमियर पनि भनिन्छ, बिस्तार बिस्तारै सानो हुँदै जान्छ। यसरी आकारको संकुचन र आन्तरिक क्षतिको दोहरो मारका कारण आणविक पदार्थ शिथिल हुन्छ। अन्य उपायको खोजी सान्दर्भिक भयो।

मानिस र मुसाको शारीरिक प्रक्रिया समान हुने भएकाले उक्त जनावरमा गरिएको अन्वेषण मानवका लागि लाभप्रद् मानिन्छ। बुढ्यौलीका सम्बन्धमा गरिएका दुई अन्वेषण चर्चायोग्य छन् । युवा मुसाको रगत बूढो पुस्तालाई दिँदा पाको जन्तु बिस्तारै वयस्क चरित्र धारण गर्न पुगेको अन्वेषण केही वर्षअघि बाहिरियो। त्यस्तै एक फरक अनुसन्धानले जनावरलाई न्यूनतम खान्कीको भरमा राख्ने हो भने लामो समयसम्म पनि उक्त जीवलाई बुढेसकालबाट जोगाउन सकिने भन्यो। मुसामा गरिएको न्यूनतम खुराकको अन्वेषण मानवमा पनि लाभप्रद् देखियो । चाहिनेभन्दा अधिक भोजन नगर्ने व्यक्ति अर्को पक्षभन्दा स्वस्थ देखिए। शारीरिकरूपले सबल व्यक्ति लामोसमय बाँच्ने भएकाले ठिक्क खाना खानु दीर्घजीवीको पूर्वसर्त देखियो । मुसामा जस्तो युवाको रगत वृद्धमा दिएर व्यक्तिको खस्कँदो स्वास्थ्य उकासियो भनी हेर्न त्यत्ति सजिलो भएन। यद्यपि ‘ब्लड ट्रान्सफ्युजन’ मार्फत् उमेर लम्ब्याउन सकिन्छ कि भनीपरीक्षण गर्ने उद्देश्यका साथ कम्पनी खुलेको कुरा मननयोग्य छ।

मानवीय सक्रियता बिस्तारै घट्ने अनि व्यक्ति क्रमशः बूढो हुन्छ भन्ने धेरैले सोच्नु अन्यथा होइन। तर यसै महिना अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक माइकल स्नाइडरको अनुसन्धान समूहले जर्नल ‘नेचर एजिङ’ मामानवीय तन्तुहरू क्रमशः निकम्मा हुँदैनन् बरु निश्चित उमेरमा पुगेपछि एक्कासि शिथिल हुन्छ भन्ने देखायो।

सन् २०१२ मा मेडिकल साइन्सको नोबेल पुरस्कार पाएका सिनया यामानाकाले सामान्य कोषलाई केबल चार चरणको प्रशोधनपछि चाहअनुरूप कुनै पनि किसिमको कोषमा रूपान्तरण गर्न सकिने विधि पत्ता लगाए। उनको उपचार पद्धति मानवीय शरीरमा प्रत्यारोपण गर्न सकिने हो भने कलेजो, फोक्सो जस्ता महत्त्वपूर्ण तन्तुमा आएको खराबीलाई अविलम्ब सन्चो बनाइ रोगीलाई दुरुस्त पार्न सकिन्छ। यद्यपि उमेरको बढोत्तरीले शरीरका सबै तन्तु खराब हुने भएकाले पूरा शरीर नै अर्को बनाउने काम भनेको थोत्रो गाडीको सबै पार्टपुर्जा फेरेर गुड्ने अवस्थामा पुर्‍याउनु जस्तो भएकाले डा. यामानाकाको विधिप्रति वैज्ञानिक सकारात्मक छैनन्।

यसै वर्ष ‘हामी किन मर्छौँ ?’ भन्ने पुस्तक प्रकाशित गरे सन् २००९ मा रसायनशास्त्रको नोबल पुरस्कार प्राप्त गर्ने वैज्ञानिक बेंकी रामकृष्णनन्ले। नोबल पुरस्कार पाएका वैज्ञानिकले लेखेको विज्ञानका पुस्तक चर्चायोग्य हुनु अनौठो होइन। तर उनले आफ्नो पुस्तकमा मानिसलाई किन २–४ सय वर्ष बनाउन कठिनछ भन्ने कुराको वैज्ञानिक चिरफार गरेका छन्। अणुवांशिक पदार्थ डिएनएको कैफियत सच्याउने अनि जनावरमा उत्पादित मुटु, कलेजो जस्ता अंग मानवमा प्रत्यारोपण गर्ने प्रविधि उदाउँदै गर्दा पनि मानिसको उमेर धेरै बढाउन नसक्नुमा बायोलोजिक संरचनालाई दोषी देख्छन् उनी। बायोलोजीका कारण एक सय वर्षको हाराहारीलाई मानवीय उमेरको पावन्दी ठान्छन् डा. रामकृष्णनन्।

आविष्कार भएका उपचार पद्धतिको विश्लेषण गर्दा मानिसको उमेर धेरै बढाउन सकिने संभाव्यता झिनो देखियो। तसर्थ जीवनको उत्तरार्द्धसम्म पनि सक्रिय बन्न उमेर बढ्दै जाँदा गर्दा आहारबिहार, आचरण परिमार्जन गर्दै चिकित्सकीय परामर्शमा आफूलाई ढाल्नु नै अहिलेको सबैभन्दा लाभप्रद् स्वास्थय सूत्र हो।

मानवीय सक्रियता बिस्तारै घट्ने अनि व्यक्ति क्रमशः बूढो हुन्छ भन्ने धेरैले सोच्नु अन्यथा होइन। तर यसै महिना अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक माइकल स्नाइडरको अनुसन्धान समूहले जर्नल ‘नेचर एजिङ’ मामानवीय तन्तुहरू क्रमशः निकम्मा हुँदैनन् बरु निश्चित उमेरमा पुगेपछि एक्कासि शिथिल हुन्छ भन्ने देखायो। रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणाली अनि शारीरिक ‘मेटाबोलिज्म्’ को ढाँचा हेर्दा मानिसको स्वास्थ्यले ४५ र ६० वर्षको हाराहारीमा दुईपटक ठूलै ओराली झर्ने देख्यो डा. स्नाइडर समूहले।

एउटा निश्चित उमेरमा व्यक्तिको स्वास्थ्यमा गिरावट आउने भएकाले आफू उक्त तप्कामा पुगेपछि खानपिन तथा बानीबेहोरमा परिवर्तन ल्याउन आवश्यक देखियो। चिकित्सकीय परामर्शमा बस्ने, चाहिनेभन्दा अधिक खाना नखाने अनि स्वस्थ भोजनमा बल दिने, धूमपान तथा मद्यपान नियन्त्रण गर्ने अनि शारीरिक सक्रियता कायम गर्ने हो भने प्राध्यापक स्नाइडरले पहिल्याएको म्याजिक नम्बर कटेपछि पनि व्यक्तिले स्वस्थ जीवन व्यतित गर्न सक्ने देख्छन् विज्ञहरू।

आविष्कार भएका उपचार पद्धतिको विश्लेषण गर्दा मानिसको उमेर धेरै बढाउन सकिने संभाव्यता झिनो देखियो। तसर्थ जीवनको उत्तरार्द्धसम्म पनि सक्रिय बन्न उमेर बढ्दै जाँदा गर्दा आहारबिहार, आचरण परिमार्जन गर्दै चिकित्सकीय परामर्शमा आफूलाई ढाल्नु नै अहिलेको सबैभन्दा लाभप्रद् स्वास्थय सूत्र हो। स्वस्थ जीवनको विनियममार्फत् बुढेसकाललाई पछि धकेलौँ।

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।

प्रकाशित: १८ भाद्र २०८१ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App