भारतको जम्मु कश्मिर, गोवा, बिहार र मेघालयका गभर्नर रहेका सत्यपाल मलिकको मंगलबार निधन भएको छ। उनी लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण अस्पतालमा उपचाररत थिए।
उनको दिल्लीको राम मनोहर लोहिया अस्पतालमा निधन भएको मलिकका निजी सचिव केएस राणाले यो जानकारी दिएका छन्। मलिकको मृत्युको जानकारी उनको सामाजिक सञ्जाल एक्समार्फत दिइएको हो। मलिक बिहारका राज्यपाल पनि थिए।
कृषि आन्दोलन, भ्रष्टाचार र धेरै राष्ट्रिय मुद्दाहरुमा आफ्नो स्पष्ट विचारलाई दिएर उनी नरेन्द्र मोदी सरकारको विरुद्धमा उभिएका थिए। जम्मु कश्मिरमा धारा ३७० र धारा ३५ए खारेज हुँदा मलिक नै राज्यपाल थिए।
जम्मु कश्मिरलाई पूर्ण राज्यको सट्टा केन्द्र शासित राज्य घोषणा गर्दा मलिक केन्द्र शासित प्रदेशका उपराज्यपाल बनेका थिए।
प्रकाशित: २० श्रावण २०८२ १४:१६ मंगलबार


-600x400.jpg)


