४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन्। वितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ।  लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन्।  लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन्।

प्रकाशित: ७ आश्विन २०७९ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App