१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्र प्रमुखहरूको परिषद्को २२औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन्। उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भनेका छन्।

रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन्। प्रधानमन्त्री मोदी पनि जाँदै छन्। 'हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्', अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भनेका छन्। कोभिड–१९ महामारीको दुई वर्षपछि उज्बेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ।

एससीओ धेरै सफल भएको छ। यो विभिन्न संयन्त्रहरू र विभिन्न ट्र्याकहरूमा व्यापक सहयोगको साथ स्थापित संस्था हो। एससीओ  सङ्गठनअन्तर्गत सयौं संयन्त्रहरू काम गर्दछ, राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, तर मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रुसी राजदूतले भनेका छन्। 

प्रकाशित: ३० भाद्र २०७९ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App