२३ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बढ्दो संक्रमणकाबीच मास्क लगाउन प्रधानमन्त्रीको आग्रह

देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन्।

आज ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशबासीलाई मास्क लगाउन आग्रह गरेका हुन्।

देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानीव्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताए।  उनले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गरे।  

मङ्गलबार अपराह्नसम्मको विवरणअनुसार अठासी लाख ५० हजार तीनसय ४३ कोरोनाबाट सङ्क्रमित भएका छन्भने दश हजार सातसय ९४ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ४७ हजार सातसय ५६ पुगेको छ। पाँचलाख नागरिकले कोभिड–१९विरुद्धको चौथो खोप लगाइसकेका छन्।

वरिष्ठ चिकित्सकको निकाय अष्ट्रेलियाली मेडिकल एसोसिएसन (एएमए)ले मास्क अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ भने बिरामीको बढ्दो चापका कारण अस्पताल भरिभराउ भएका छन्। 

प्रकाशित: ४ श्रावण २०७९ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App