३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु

फाइल तस्बिर

इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर भेटिएको बताएका छन्। उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन्।

शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए। सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी दिनभर भएको उनीहरुको भनाइ छ। शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन्।

मध्य इटालीयन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो। सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो। त्यसमा एक जना इटालीयन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक रहेका थिए।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको यहाँको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो।

प्रकाशित: २९ जेष्ठ २०७९ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App