१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन्।

उनीविरुद्ध आफ्नै कन्जर्भेटिभ पार्टीका केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए। यस क्रममा जोनसनका लागि विश्वासको मतको पक्षमा २ सय ११ जना सांसदले मत दिएका छन्।

उनको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका हुन्। यससँगै अब उनी एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ।

सोमबारको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए।

प्रकाशित: २४ जेष्ठ २०७९ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App