४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिन तानाशाही भएकाे बाइडेनकाे आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै उनलाई तानाशाह भनेका छन्। राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन्। ‘सत्य नेताको सत्य शब्द’, बाइडेनको भनाइप्रति इंगित गर्दै जेलेन्कीले टिप्पणी गरेका छन्।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए। यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App