२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो

भारतको कोभिड–१९ संक्रमितको संख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमति  ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ।

यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि  कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ। भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय संक्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार १२ सक्रिय संक्रमित घटेका छन्। कोरोना शुरु भएबाट  हालसम्म भारतमा ४ करोड  २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन्। 

प्रकाशित: ३ चैत्र २०७८ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App