१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना उत्पत्तिको रहस्य खोज्न विश्व स्वास्थ्य संगठन टोलीद्वारा वुहान भ्रमण

कोरोना भाइरसको उत्पत्तिसम्बन्धी रहस्य पत्ता लगाउन चीन पुगेको विश्व स्वास्थ्य संगठनको अध्ययन टोलीले वुहान सहरको समुन्द्री खाद्यपदार्थ (सिफुड) को थोक बजारमा आइतबार भ्रमण गरेकोेछ। कडा सुरक्षाबीच उक्त टोली पहिलो पटक भाइरस देखिएको वुहानको हुएनान भन्ने स्थानमा रहेको उक्त थोक बजारमा पुगेको थियो। सो टोलीले पत्रकारहरूको प्रश्नको जबाफ दिएन।  

वुहान पुगेको २ साता क्वारेन्टिनमा रहेको उक्त टोलीले विहिबार देखि अस्पताल, बजार र प्रदर्शनी स्थलहरूमा अध्ययन गरेको थियो। कोरोना भाइरसको महामारी सुरु भएपछि १ करोड १० लाख जनसँख्या रहेको वुहानमा ७६ दिन लामो लकडाउन गरिएको थियो। ‘आइतबार सुरुमा थोक बजार र त्यसपछि हुएनान सिफुड बजारमा महत्वपूर्ण भ्रमण भएका छन्। कोभिड–१९को इपिडिमियोलोजीका बारेमा महत्वपूर्ण सूचनाहरू संकलन भएका छन्,’ टोली सदस्य पिटर डास्चकले ट्विटरमा भनेका छन् ।

संगठनले शुक्रबार जनाएअनुसार स्वास्थ्यसम्बन्धी प्रतिबन्ध लगाएका कारण टोलीका सदस्यले सिमित स्थानमा मात्र भ्रमण गर्न पाएका छन् भने समुदायाका सदस्यहरूसँग छलफल नहुने भएको छ। उक्त टोलीको भ्रमण कार्यतालिका सार्वजनिक गरिएको छैन भने भ्रमणको बारेमा समाचार संकलन गर्ने पत्रकारलाई टोली सदस्यबाट निश्चित दूरीमा राखिएको छ। हुएनानको सिफुड मार्केटमा गत वर्षको शुरुदेखिनै सार्वजनिक प्रवेशमा निषेध गरिएको छ। बन्द हुनुअघि उक्त बजारमा विभिन्न जनवारका मासु पसल, सिफुड र तरकारीका सयौ स्टलहरू रहेका थिए।

अहिले महामारीको उत्पतिकेन्द्रको रूपमा यो बजारलाई लिइने गरिएकोछ। सन २०१९को डिसेम्बर ३१मा रहस्यमय तवरले ४ जनामा निमोनिया देखिएपछि सो बजार रातारात बन्द गरिएको थियो। जनबरीको अन्तसम्म आइपुग्दा वुहानमा ७६ दिन लामो लकडाउन सुरु भइकेको थियो। भाइरसको पहिलो क्लस्चर केसहरू हुएनान बजारमा देखिएका कारण भाइरसको उत्पत्ति रहस्य पत्ता लगाउन यो बजारको महत्व रहेको विज्ञ बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको यो टोली चीन पुग्नुअघि विभिन्न कूटनीतिक कठिनाइ झेल्न परेको थियो। भाइरसको उत्पति राजनीतिक विषय बनेको छ। केही चिनियाँ कूटनीतिज्ञ र सरकारी सञ्चार माध्यमले भाइरस चीनमा नभई अन्य देशबाट शुरु भएको हुनसक्ने बताउँदै आएका छन्। (मार्टीन क्वाइन पोल्यान्ड, थोमस पिटर)

प्रकाशित: १९ माघ २०७७ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App