४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा नदीमा खसेकी युवतीलाई यसरी बचाए यी बेलायती कूटनीतिज्ञले (भिडियो)

चीनमा नदीमा डुब्नै लागेकी एक युवतीलाई त्यहाँका बेलायती महावाणिज्यदूत आफैं नदीमा हामफालेर बचाएका छन्।  

बिबिसीका अनुसार गत शनिबार एक नदीको किनारबाट चिप्लिएर खसेकी युवतीलाई चीनको चोङकिङमा बेलायतको महावाणिज्यदूत रहेका स्टफन एलिसनलले बचाएका हुन्। अहिले उनको प्रशंसा भइरहेको छ।  

बेलायती दूतावासले युवतीलाई उद्धार गरिरहेको भिडियो सामाजिक सञ्जालमा राखेको छ।  

आफू नदी किनार छेउमा जाँदै गर्दा युवती बचाऊ बचाऊ भन्दै चिच्याएको सुनेपछि उनको उद्धा गरेको महावाणिज्यदूत एलिसनले बताए। बिबिसीसँग उनले भनेका छन्, ‘नदीमा पस्नुबाहेक विकल्प मैले देखिनँ।’  

एलिसन नदीमा पसेर ती युवतीलाई समात्छन् र अर्का व्यक्तिले पानीमा तैरिने वस्तु फ्याँक्छन्। एलिसनले महिलालाई लाइफबेल्टमा राख्छन् र किनारमा बसेका मानिसले उनीहरूलाई तान्छन्।  

बेलायतका विदेशमन्त्री डोमिनिक राबले ट्विट गर्दैै भनेका छन्, ‘उनको साहसले संसारभरि रहेका बेलायती कूटनीतिकर्मीको इज्जत बढाएको छ।’

हेर्नुहाेस्, भिडियो :

प्रकाशित: २ मंसिर २०७७ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App