झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ्र्।
कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै सीमित भएका थिए। सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका थिएनन्।
त्यसपछि सोमबार पहिलाेपटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका हुन्।
कार्यक्रममा उनी मास्कविना सहभागी भएका थिए भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्क प्रयोग गरेका थिएनन्।
उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफू स्वस्थ भइसकेको र आफूलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दाबी गरेका थिए।
उनले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाएका थिए।
उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम छ।
राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखापरेको थियो। गत आइतबार मात्रै उनी सङ्क्रमणमुक्त भएकाे उनका निजी चिकित्सकहरुले बताएका थिए। एएनआई
प्रकाशित: २७ आश्विन २०७७ ११:१९ मंगलबार