९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले भने : चीनका कारण मलाई कोरोना भयो

कोरोना भाइरसका कारण चार दिनसम्म अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्।

अस्पतालबाट फर्किएपछि उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। भिडियोमा उनी विना मास्क देखिएका छन्।

करिब ५ मिनेट लामो भिडियोमा उनले भनेका छन्, ‘म मान्छु भगवानका कृपाले मलाई कोरोना भयो। यो भगवानको आशिर्वाद हो। एक लुकेको आशिर्वाद। म विलकुलै ठिक भएको छु। म चाहन्छु हरेक अमेरिकी नागरिकलाई राष्ट्रपतिको जस्तै उपचार होस्।’

उक्त भिडियोबाट उनले चीनप्रति पनि हमला गरेका छन्। ‘मलाई चिनियाँ भाइरस संक्रमण भयो। यसमा हाम्रो गल्ती छैन। यो चीनको गल्ती हो। चीनले यो देशसँग जे गर्योह त्यसको प्रतिफल चुकाउनुपर्ने छ।’

 

प्रकाशित: २२ आश्विन २०७७ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App