कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अपराह्न उनलाई वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको हो।
शुक्रबार बिहान आफैंले ट्विट गर्दै ट्रम्पले आफू र आफ्नी पत्नीलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। र, दुवै जना निवासमै क्वारेन्टिनमा रहने बताएका थिए।
तर राष्ट्रपति ट्रम्पमा थकानलगायत कोभिड–१९ का सामान्य लक्षण देखिएपछि सावधानीका लागि अस्पताल भर्ना गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।
बिबिसीका अनुसार उनी हेलिकप्टरमार्फत अस्पताल गएका थिए। त्यस क्रममा उनले मुखमा मास्क पनि लगाएका थिए।
प्रकाशित: १७ आश्विन २०७७ ०७:०९ शनिबार