फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
प्रकाशित: २२ भाद्र २०७७ ०४:३० सोमबार