५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाका कारण यूपीका मन्त्री चौहानको निधन

पूर्व भारतीय क्रिकेटर तथा उत्र प्रदेशका होमगार्ड मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनका भाइ पुष्पेन्द्र चौहानले चेतनको मृत्युको खबर पुष्टि गरे।

७२ वर्षिय चेतनको उपचार गुरुग्रामको मेदान्ता अस्पतालमा भइरहेको थियो। उनी भेन्टिलेटरमा थिए। उनी जुलाई १९ मा कोरोना संक्रमित भएका थिए।

उनी उत्तर प्रदेशमा सैनिक कल्याण, होमगार्ड, तथा नागरिक सुरक्षा मन्त्रालयका मन्त्री थिए। कोरोना संक्रमण भएपछि उनलाई लखनउको एसजीपीजीआईमा भर्ना गरिएको थियो। गत शुक्रबार मिर्गौला र ब्लड प्रेसरको समस्या देखिएपछि उनलाई मेदान्ता ल्याइएको थियो।

उनी अमरोहाबाट दुई पटक लोकसभा सदस्यमा निर्वाचित भएका थिए। यस अघि कोरोनाबाट यूपीकी क्याविनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको थियो।

 

 

प्रकाशित: १ भाद्र २०७७ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App