१० कार्तिक २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जाम्बियाका १५ सांसद कोरोना भाइरस सङ्क्रमित

कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोना भाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।  

स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा राखिएको जानकारी दिए । कोरोना अपडेट जानकारी गराउने क्रममा उनले सङ्क्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको पनि स्पष्ट पारे । उनले संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको बताए ।  

जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ । कोरोना भाइरसकाका कारण जाम्बियामा शुक्रबारसम्म ८३५ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित: ९ श्रावण २०७७ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App