१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।  

नेपाली समयानुसार सोमबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ५२ हजार ७६१ जना निको भएका छन्।। विश्वभरीमा ३० लाख ५१ हजार ४८७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन्।  

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३७ हजार १७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ।  यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार १९५ व्यक्तिको मृत्यु भएको छ।

दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ४० हजार १११ को मृत्यु भएको छ। युरोपमा २० लाख २९ हजार १८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७३ हजार ९०३ को मृत्यु भएको छ।  

एसियामा ११ लाख ४१ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३० हजार ८५९ जनाको मृत्यु भएको छ।  अफ्रिकामा १ लाख ४८ हजार ९६४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार २४५ जनाको मृत्यु भएको छ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App