१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

भारतमा आइतबार एकै दिनमा ८ हजार  ३९२ जना  कोरोना संक्रमित थपिएका  छन्। सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ३९४  जना पुगेको छ। यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९१ हजार ८१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ।  हाल भारतमा ९३ हजार ३२२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ।  

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन्। यहाँमात्र ६७ हजार ६५५ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन्। महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ। त्यहाँ २२ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्।  दिल्लीमा १९ हजार ८४४ जना कोरोना संक्रमित रहेका छन्।

भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।  कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको थियो।  

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो। दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो।  

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो। भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ। यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App