२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन- उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ।     

घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताएका छन्। सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ।     

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा स्थानीय समयनुसार बिहान १० बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ।     

अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन्। अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौं मानिस मारिएका छन्। रासस

प्रकाशित: ३ आश्विन २०७६ ०९:२४ शुक्रबार

वासिङटन गोली मृत्यु घाइते