३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यान्मारबाट बङ्गलादेश भागिरहेका रोहिङ्ग्यामाथि आक्रमण, २ सय जनाको मृत्यु

म्यान्मार छाडेर बङ्गलादेश गइरहेका रोहिङ्ग्यामाथि ड्रोन आक्रमण हुँदा कम्तिमा २ सयजनाको मृत्यु भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार म्यान्मारको रखाइन प्रान्तमा भएको उक्त ड्रोन आक्रमणमा महिला, बालबालिकासहित २ सयभन्दा बढी रोहिङ्ग्या मारिएका छन्।

आक्रमणका लागि मिलिशिया र म्यान्मारका सेनाले एक अर्कामाथि आरोप लगाएका छन्।

रखाइनको तटिय सहर माउन्गडबाहिर म्यान्मारबाट भागेर बङ्गलादेश जाने रोहिङ्ग्या समुदायमाथि आक्रमण भएको बताइएको छ।

प्रकाशित: २७ श्रावण २०८१ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App