२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वायनाड पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २५६ पुग्यो

भारतको केरल राज्यस्थित वायनाडमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाघेको छ।

वायनाडको चुरलमाला र मुडक्कई गाउँमा मङ्गलवार बिहान मुसलधारे वर्षासँगै आएको पहिरोमा परी हालसम्म २५६ जनाको मृत्यु भएको हो।

केरलका मुख्यमन्त्री पिनाराई विजयनका अनुसार हालसम्म ३ हजार जनाको त्यस क्षेत्रबाट उद्धार गरिएको छ भने अझै पनि मानिसहरू पहिरोमा पुरिएको हुन सक्ने उनको भनाइ छ।

अहिले पनि वर्षा भइरहेका कारण उद्धार कार्यमा समस्या भइरहेको उनको भनाइ छ।

पहिरोका कारण चुरलमाला र मुडक्कई गाउँ पूर्ण रुपले उजाड बनेको छ।

आफन्तहरू अझै आफ्नाको खोजीमा रहेका छन्।

प्रकाशित: १७ श्रावण २०८१ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App