३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दूध बोक्ने ट्याङ्कर र यात्रुबाहक एक आपसमा ठोक्किँदा १८ जनाको मृत्यु

भातरको उत्तर प्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार उत्तर प्रदेशको उन्नाव नजिकै बस र दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन्।

आगरा–लखनऊ एक्सप्रेसवेमा बसले ट्याङ्करलाई ओभरटेक गर्न खोज्दा ट्याङ्करसँग ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

समाचार संस्था पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीदेखि मोतिहारी हुँदै दिल्ली तर्फ जादै थियो।

मृत्यु हुनेमा बसमा सवार यात्रुमध्ये १४ जना पुरुष, २ जना महिला र २ जना बालबालिका रहेका छन्।

प्रकाशित: २६ असार २०८१ १०:५५ बुधबार

#uttar pradesh #india #accident