२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानमाथि इजरायलले जवाफी कारबाही गरे साथ नदिने अमेरिकाको चेतावनी

अमेरिकाले ईरानमाथि इजरायलले जवाफी कारबाही गरे साथ नदिने चेतावनी दिएको छ। अमेरिकाको व्हाइट हाउसका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी दिएका छन्।

बीबीसीका अनुसार शनिवार अबेर राति ईरानले इजरायलमाथि ३०० भन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको थियो।

ईरानले १ अप्रिलमा सिरियास्थित ईरानी दूतावासमाथि इजरायलले आक्रमण गरेको भन्दै जवाफी कारबाही गरेको बताएको छ।

ईरानको तर्फबाट गरिएको आक्रमणमा लगभग सबै मिसाइललाई असफल पारिएको इजरायलले दावी गरेको छ।

तर, अमेरिकी अधिकारीहरूका अनुसार आक्रमण पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुराकानी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई आफ्नो प्रतिक्रियामा संयमता अपनाउन भनेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति बाइडनले नेतन्याहूलाई निकै ध्यानपूर्वक र रणनीतिक तरिकबाट सोचेर कदम उठाउन भनेका थिए।

प्रकाशित: ३ वैशाख २०८१ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App