२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। महाराष्ट्रको सम्भाजीनगर छावनी क्षेत्रमा रहेको एक कपडा पसलमा भिषण आगलागी हुँदा निसासिएर २ बालबालिकासहित ७ जनाको मृत्यु भएको बताइएको छ।

एएनआईका अनुसार औरङ्गाबाद प्रहरी प्रमुख मनोज लोहियाले आज बिहान ४ बजे तिर कपडा पसलमा आगलागी भएको बताए। उनले आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान सुरु भएको बताए।

कपडा पसल रहेको भवनको माथिल्लो तल्लामा रहेकाहरूमध्ये ७ जनाको निसासिएर मृत्यु भएको उनले बताए।

प्रकाशित: २१ चैत्र २०८० १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App