१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोप र मध्य एसियामा एक वर्षको अवधिमा ३२६६ प्रतिशतले दादुराको केस बढ्यो

तस्बिर सौजन्यः युनिसेफ।

युरोप र मध्य एसियामा एक वर्षको अवधिमा ३० हजारभन्दा बढी नयाँ दादुराका केस फेला परेका छन्। बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफका अनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बर ५ सम्म युरोप र मध्य एसियामा गरी ३० हजार ६०१ दादुराका केस पुष्टि भएका छन्।

युनिसेफले सन् २०२२ मा ९०९ केस मात्रै फेला परेकोमा यो सङ्ख्या ३२६६ प्रतिशतले वृद्धि भएकोमा चिन्ता व्यक्त गरेको छ। खोपबाट नियन्त्रण हुन सकिने दादुराका केसमा यसरी वृद्धि हुनु चिन्ताको विषय रहेको युनिसेफले बताएको छ।

सन् २०२३ को अक्टुबर र नोभेम्बरको बीचमा युरोप र मध्य एसियामा दादुराका घटनाहरूको दर झण्डै दोब्बरले वृद्धि भएको युनिसेफले बताएको छ। रोग प्रतिरोधात्मक क्षमतामा कमीका कारण यस क्षेत्रका बालबालिकामा दादुराका केसहरू थप बढ्न सक्ने अनुमान गरिएको छ।

पछिल्लो तथ्याङ्कका अनुसार युरोप र मध्य एसियाका अनुमानित ९ लाख ३१ हजार बालबालिकाले सन् २०१९ देखि २०२१ सम्म नियमित खोपबाट पूर्ण वा आंशिक रूपमा छुटेका छन्।

युरोप र मध्य एसियामा दादुरा विरुद्धको पहिलो डोजको खोप दर सन् २०१९ मा ९६ प्रतिशतबाट घटेर ९३ पुगेको थियो।  

प्रकाशित: ५ पुस २०८० ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App