२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलमाथि हमासको आक्रमणः विश्व समुदायले के भने ?

इजरायल र हमासबीच जारी युद्धका कारण विश्व समुदाय एकपटक फेरि तनावमा आएको छ। रुस–युक्रेन युद्धकाबीच इजरायल र हमासबीच सुरु भएको युद्धले फेरि विश्वलाई नै तनावमा ल्याइदिएको छ।  

शनिवारदेखि जारी युद्धका कारण स्वदेशी तथा विदेशी गरी १७ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी घाइते भएका छन्। युद्ध अझैपनि जारी छ भने युद्ध कहिलेसम्म लम्बिन्छ भन्न सक्ने अवस्था छैन।  

प्यालेस्टानी चरमपन्थी समूह हमास गाजा क्षेत्रमा सञ्चालित छ। ज्सले सन् २००७ मा गाजामा नियन्त्रण पछि हमासले इजरायललाई नष्ट बनाउने चेतावनी दिँदै आएको छ।

यसबीच, दुई मुलुकबीच जारी युद्धलाई लिएर विश्वका विभिन्न मुलुकले प्रतिक्रिया दिइरहेका छन्।  

इजरायल र हमासबीच जारी युद्धलाई लिएर चीनले प्रतिक्रिया सार्वजनि गरेको छ। चीनले इजरायल र हमासबीचको युद्धप्रति चिन्ता व्यक्त गर्दै दुःख व्यक्त गरेको छ।

चीनले भनेको छ, ‘इजरायल र हमासबीचको युद्ध चिन्ताजनक हो। यसले धेरै क्षति पुर्याइरहेको छ। चाँडै नै दुई पक्षबीच शान्ति कायम हुनु आवश्यक छ।’

त्यस्तै रूसले पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। रूसले गाजा र इजरायलमा भइरहेको युद्धको निन्दा गर्दै अमेरिकाले दिएको प्रतिक्रिया विनाशकारी भएको बताएको छ।

समाचार संस्था रोयटर्सका अनुसार रूसले इजरायल र हमास सङ्घर्षमा अमेरिकाले दिएको प्रतिक्रिया आपत्तिजनक रहेको छ।  

रूसका विदेश मन्त्री सर्गेई लाभरोफले हिंसाको निन्दा गर्दै पश्चिमी देशको अदूरदर्शिताका कारण इजरायलविरुद्ध भएको आक्रमणको निन्दा गरेका हुन्। हमासको विरोध प्रत्यक्ष रुपमा नगर्दै लाभरोफले अमेरिकाको विनाशकारी नीतिका कारण अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको रुपमा समस्याको समाधान हुन समस्या भइरहेको बताए।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले दुई पक्षबीच सक्दो छिटो शान्ति कायम गर्नु आवश्यक रहेको बताए।  

यसैबीच, ईरानका सर्वोच्च नेता अयातुल्लाह अली खामनेईले चरमपन्थी संगठन हमासले इजरायलमाथि गरेको आक्रमणमा कुनैपनि मुलुकको संलग्नता नरहेको बताएका छन्।  

इजरायलमाथि हमासको आक्रमण सुरु भएदेखि ईरानमाथि आरोप लाग्दै आएको छ की, हमासलाई आवश्यक हतियार ईरानले उपलब्ध गराएको छ र आक्रमणकारीलाई तालिम पनि दिँदै आएको छ।  

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इजरायल र हमासबी जारी युद्धलाई लिएर प्रतिक्रिया दिँदै दुबै पक्षलाई युद्धका नियम पालना गर्न आग्रह गरेका छन्।

अर्दोआनले प्यालेस्टानीले इजरायली नागरिकको उत्पीडन गर्न बन्द गर्नुपर्ने र इजरायललाई पनि प्यालेस्टानी क्षेत्रमा नागरिकको बसोबास रहेको क्षेत्रमा बम खसाल्न बन्द गर्नुपर्ने बताएका छन्।

उनले गाजा क्षेत्रमा बसोबास गर्ने नागरिकमाथि भइरहेको बर्बरताको विरोध गर्दै त्यस क्षेत्रमा जारी हिंसा दुबै पक्षले तत्काल रोक्नुपर्ने बताए। उनले दुबै मुलुकबीचको मध्यस्थाका लागि आफू तयार रहेको पनि बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलमाथि भएको आक्रमणलाई लिएर दुःख व्यक्त गरेका छन्।  

आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री मोदीले इजरायलमाथि भएको आतङ्कबादी आक्रमणले स्तब्ध भएको भन्दै छिटै दुई पक्षबीच शान्ति कायम गर्न आवश्यक रहेको बताए।  

साऊदी अरबको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै दुई पक्षबीच जारी हिंसाले कसैको भलो नहुने बताएको छ।  

साऊदी अरबले भनेको छ, ‘दुबै पक्षलाई तत्काल तनाव रोक्न आग्रह गर्छौ। साथै नागरिकलाई सुरक्षित र संयमता राख्न पनि अपिल गर्दर्छौ।’

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले दुई पक्षबीच जारी युद्धप्रति दुःख व्यक्त गरेका छन्। उनले अमेरिका सँधै इजरायलसँगै रहेको भन्दै आवश्यक सबै युद्ध सामग्री र सहयोग उपलब्ध गराउने बताए।  

बेलायतले युद्धलाई दुःखद भन्दै आक्रमणको निन्दा गरेको छ भने फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोले घटनाको निन्दा गर्दै इजरायल र हमासलाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेका छन्।  

प्रकाशित: २३ आश्विन २०८० ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App